राष्ट्रिय सभामा एमाले नेता तिमिल्सीनाको प्रवल सम्भावना, पर्वतबाट को कस्को दावी ?

२९ पुस, पर्वत । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि उमेदवारको मापदण्ड तोकेसंगै राष्ट्रिय सभाका सम्भावितहरुको चर्चा शुरु भएको छ । एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेसंगै राष्ट्रिय सभामा कुन कुन नेताहरुलाई पार्टीले उम्मेदवार बनाउँछ भन्ने बिषयमा बहस शुरु भएको हो ।

मुख्य गरी प्रदेश न ४ मा एमालेको बहुमत देखिएकाले पार्टीले उठाउने उम्मेदवारले जित्ने सम्भावना बलियो छ । एमालेले निर्धारण गरेको मापदण्डमा संविधानको धारा (८७) बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान ब्यक्तिलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने मापढण्ड तय गरेको छ ।

‘ प्रदेश न ४ को मुख्य मन्त्रीका दाबेदार तिमिल्सीना पार्टीले मुख्य मन्त्री नबनाउने भएपछि प्रदेश सभाको उम्मेदवार बन्नबाट बाहिरीएका थिए । लामो समय पार्टी राजनीतिमा सक्रिय तिमिल्सीनाले इच्छा ब्यक्त गरेमा प्रदेशकै सिनिएर भएकाले तिमिल्सीना राष्ट्रिय सभामा एमालेको तर्फबाट प्रतिनिधित्व गर्नेछन । ’

स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई उमेदवार बनाउने मापदण्ड एमालेले तय गरेसंगै पार्टी नेताहरु राष्ट्रिय सभा सदस्य हुने गरी लबिङ शुरु गरेका छन । पार्टीले विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरूलाई विशेष प्राथमिकता दिने गरी तयारी गरेको बेला पर्वत जिल्लाबाट पनि राष्ट्रिय सभामा जाने नेताहरुको तिव्र इच्छा देखिएको छ ।

आकाक्षीहरु मध्ये प्रदेश कमिटि प्रदेश न ४ का सह–संयोजक समेत रहेका पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाको राष्ट्रिय सभामा इच्छा रहेमा उनको प्रवल सम्भावना रहेको एमाले श्रोतको भनाई छ । तिमिल्सीना प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका थिएनन । प्रदेश न ४ को मुख्य मन्त्रीका दाबेदार तिमिल्सीना पार्टीले मुख्य मन्त्री नबनाउने भएपछि प्रदेश सभाको उम्मेदवार बन्नबाट बाहिरीएका थिए । लामो समय पार्टी राजनीतिमा सक्रिय तिमिल्सीनाले इच्छा ब्यक्त गरेमा प्रदेशकै सिनिएर भएकाले तिमिल्सीना राष्ट्रिय सभामा एमालेको तर्फबाट प्रतिनिधित्व गर्नेछन । तिमिल्सीना राष्ट्रिय सभा सदस्य भएमा मन्त्रीको समेत सम्भावना रहेको एमालेको कार्यकर्ताहरुले अनुमान गरेका छन ।

उता, अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल पनि लामो समयको राजनैतिक यात्रामा संसदीय राजनीतिमा पुग्न नसकेकै कारण राष्ट्रिय सभा मार्फत त्यो धोका पुरा गर्ने दाउमा छन । २०५६, २०६४ मा संसदका उम्मेदवार बनेर पराजीत भएका पौडेलले पार्टीबाट हालसम्म कुनै लाभको पद नलिएका कारण राष्ट्रिय सभामा आकाक्षा ब्यक्त गरेको एमाले श्रोतको भनाई छ । पौडेलसंगै कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको रुपमा परिचित पूर्व जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य तोयानाथ चालिसे पनि राष्ट्रिय सभा सदस्यमा पार्टीले उम्मेदवार बनाएमा आफ्नो चाहना रहेको बताउँदै आएका छन ।

यसैगरी पूर्व सांसद कल्पना चापागाईको पनि राष्ट्रिय सभामा आकाक्षा देखिएको छ । अपांगता भएकाहरुको प्रतिनिधित्वलाई सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधान भएकाले चापागाईसंगै अधिवक्ता समेत रहेका भोलानाथ शर्माले पनि इच्छा ब्यक्त गरेको एमाले श्रोत बताउँछ । चापागाई दोस्रो संविधान सभाको निर्वाचनमा एमालेको तर्फबाट समानुपातिक उमेदवार हुन भने शर्मा प्रदेश सभा निर्वाचनमा समानुपातिकको बन्द सुचिमा सुचिकृत थिए ।

एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिन भनेको छ । यसैगरी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था गर्न एमालेले प्रदेश कमिटीलाई निर्देशनसमेत दिएको छ ।