अविवाहित वडाअध्यक्ष भन्छन–‘विवाहको बारेमा सोच्ने फुर्सद नै छैन’

२७ पुस, पर्वत । २०६३ सालमा पर्वतको एक नीजि विद्यालयबाट एसएलसी उर्तिण गरेका विमल लामिछाने उच्च शिक्षा अध्ययन गर्न राजधानी पुगे । राजधानीको एक नीजि उच्च माध्यमिक विद्यालयबाट उच्च शिक्षा अध्ययन गर्दै गर्दा उनी शंकरदेव क्याम्पसमा स्नातक अध्ययनमा जुटे । पर्वतको साविक तिलाहार गाविसका लामिछानेले नमुना आवासीय उच्च माविबाट एसएलसीसम्मको अध्ययन पुरा गरेका हुन । नीजि विद्यालयमा अध्ययन गरेको छोराले देशको ठूलै सरकारी जागिर गर्ला या विदेश गएर मनग्य धन कमाउँला भन्ने परिवारका आशामा रहेका लामिछाने भने स्नातक तह अध्ययनसंगै राजनीतिमा होमिए ।

उच्च शिक्षा अध्ययनसंगै राजनीति थालेका उनी एमाले निकट युवासंघको राजनीतिमा गृह जिल्ला फर्के । शालीन, सादा र मिलनसार स्वभावका लामिछाने युवासंघको राजनीति शुरु गरेको दोस्रो बर्षमै जिल्ला अध्यक्षमा निर्वाचित भए । निर्वाचनद्धारा प्रटिद्धन्द्धीलाई भारी मतले हराउँदै जिल्ला अध्यक्ष बनेका लामिछानेले आफ्नो सम्मूर्ण कर्म राजनीतिमै लगाए । पार्टीको नवौ जिल्ला अधिवेशन पछि लामिछाने एमाले जिल्ला किमिटिको सदस्यमा मनोनित भए । योसंगै यूवासंघको राजनीतिबाट पार्टी राजनीतिको जिम्मेवारी पनि थपियो उनलाई । जिल्लाको संस्थापन पक्षलाई सघाउँदै अघि बढेका लामिछानेले अन्ततः स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षको टिकट पाए । गाउँबाटै सर्वसहमत वडाअध्यक्षमा सिफारिस भएका लामिछानेले निकटम प्रतिद्धन्द्धीलाई भारी मतले हराउँदै वडाअध्यक्षमा जीत निकाले ।

जिल्लाको मोदीगाउँपालिका वडा न ६ तिलाहारका वडा अध्यक्ष बनेका लामिछाने अन्ततः गाउँपालिकाको प्रवक्तामा समेत नियुक्त भएका छन । २६ बर्षका कान्छा वडाअध्यक्ष लामिछाने अझै पनि अविवाहित छन । ‘पहिले अध्ययनको तनाव भयो, अहिले जनताको गुनासो सुन्दैमा दिन वित्छ ।’ जनप्रतिनिधि भएपछि विहान देखि रातीसम्म जनताकै सेवा गर्दा आफ्नो बारेमा सोच्ने फुर्सद नभएको उनको भनाई छ । ‘घरबाट प्रेसर छ’ उनी थप्छन–‘कहिले काँही लाग्छ जीवन साथी नै अव मेरो राजनीति हो ।’ भन्छन–‘विवाहको बारेमा सोच्ने फुर्सद नै छैन’ । ‘अध्ययन सकेर गृह जिल्ला फर्कदा उमेरले निकै कलिलो थिए’ लामिछानेले पर्वत न्यूजसंग भने–‘राजनीति शुरु गरे, त्यहि ब्यस्त भए ।’ आफ्ना ब्यस्तताका दिनहरु बताउँदै उनले जनप्रतिनिधि भएपछि आफ्नो भन्दा गाउँ र वस्तिको चिन्ता लाग्ने गरेको बताए ।

जागिर शुरु गरेको भए मनग्य आम्दानीको सम्भावना रहेपनि लामिछानेले समाज परिर्वतनका लागि राजनीति क्षेत्र रोजेको बताउँछन । ‘ब्याप्त असमानता, गरिबी र अभाव समाप्त गर्ने उद्देश्यमा म विचलित छैन ।’ सहपाटीहरु अधिकांश विदेशमा पुगेका र धेरै इन्जिनियर, अधिकृत बनेको स्मरण गर्दै लामिछानेले पैसा र प्रतिष्ठा भन्दा समाज परिर्वतन आफ्नो पहिलो ध्यये रहेको बताउँछन । विवाह मानव जीवनको नियमित प्रक्रिया रहेको भन्दै लामिछानेले समय निकालेर त्यसको बारेमा सोच्ने बताए । जिल्लामा ६१ जना वडा अध्यक्ष मध्ये झण्डै ६० बर्ष उमेर पार गरेका वडा अध्यक्ष पनि छन । वडाअध्यक्षहरुको भीडमा कलिलो उमेरका वडाअध्यक्ष लामिछानेले वडा भित्रै नभई आफ्नो गाउँपालिकालाई कस्तो बनाउने भन्ने योजनामा आफू लागेको उनको दावी छ ।