पर्वतमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

२५ पुस, पर्वत । ट्याक्टर दुर्घटना हुँदा पर्वतको जलजलामा एकको मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा न ६ भोटेडाँडा स्थित कच्चि सडकमा ग १ त २३९५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

साविक शालीजा गाविस वडा न ४ मा पर्ने उक्त सडकबाट ट्याक्टर ५ मिटर तल खसेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । उक्त दुर्घटनामा परी जलजला गाउँपालिका वडा न ७ मिलन चोक बस्ने १९ बर्षिया सागर परियारको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरका चालक भने फराहर रहेको प्रहरीले जनाएको छ ।