मोदी प्रमुख भन्छन–‘कृषिमा कर होइन, अनुदान बढाउँछौं’

२४ पुस, पर्वत । जिल्लाको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले कृषि क्षेत्रमा अझै अनुदान बढाउँदै कृषि पेशाप्रति आकर्षित बनाउने बताएका छन । गाउँपालिकाको देउपुर क्षेत्रमा सुन्तला र मौरीपालक कृषकहरुसंग अनुगमनमा पुगेका पौडेलले कृषकलाई कृषि पेशाप्रति थप आकर्षित गर्दै गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने बताएका हुन ।

देउपुर गाउँपालिकाकै धेरै मात्रामा सुन्तला उत्पादन हुने क्षेत्र हो । सुन्तला मात्र होइन मौरी र अन्य कृषिजन्य वस्तुहरुको उत्पादनमा समेत अगाडि रहेको देउपुरका कृषकहरुसंग पौडेलले चालु आर्थिक बर्षमा गाउँपालिकाले कृषि क्षेत्रलाई सम्मान हुने गरी बजेट विनियोजन गरेको बताउँदै अगामी बर्ष अझै नयाँ कार्यक्रम मार्फत कृषकका समस्याहरुको समाधान गर्ने समेत बताए । कृषि जन्य वस्तुहरुको निकासी÷पैठारीमा कर लगाउँदा कृषकहरु अन्ततः मारमा पर्ने भएकाले गाउँपालिकाले अनुदानमुखी कार्यक्रम ल्याउने समेत बताए । कृषि क्षेत्रमा लगानी बढाएर उत्पादन बढाउँदा कृषिमा आत्मनिर्भरताको बाटो पहिल्याउन सकिने पौडेलको भनाई छ ।

चालु आर्थिक बर्षमा सुन्तला कृषकलाई मात्रै १२ लाख रुपैंया विनियोजन भएको जानकारी दिदै पौडेलले कृषक अव निर्वाहमुखी होइन ब्यसायीक बन्नुपर्ने बताए । अनुगमनको क्रममा सुन्तला कृषकहरुले कोल्ड स्टोरको ब्यवस्थापन गरिदिन गाउँपालिका अध्यक्षसंग माग गरेका छन । कोल्ड स्टोर नहुँदा सुन्तला बोटबाटै बेच्नुपर्ने र त्यसको मूल्य कम पर्ने भएकाले कोल्ड स्टोरको प्रवन्धका लागि कृषकले माग गरेका हुन ।

  • prabhu-bank-sept26.gif