याम क्षत्रीले बजारमा ल्याए पञ्चेवाजाको गीत (भिडियो सहित)

२२ पुस, पर्वत । लोक गायक याम क्षेत्रीले पञ्चेवाजाको गीत बजारमा ल्याएका छन । ‘लमजुगे मायालाई पवते बनाउँछु’ बोलको लोक गीत क्षेत्रीले बजारमा ल्याएका हुन । युटूव मार्फत सार्वजनिक गरिएको उक्त गीतमा क्षेत्रीलाई गायीका देवी घर्तिले साथ दिएकी छिन ।

प्रह्लाद सुवेदीको लय संकलनमा तयार भएको उक्त गीतमा बसन्त थापाको संगीत रहेको छ । सेन्टिमेण्टल लोक गीत गाउने कलाकारको पदवी भिरेका क्षेत्रीले पछिल्लो समय नाँच्न मिल्ने खालका गीतहरु बजारमा ल्याउन थालेका छन ।

समर्पण म्युजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको उक्त लोक गीतको छायांकन क्षेत्रीले आफ्नै विहेको अवसरमा गरेका थिए । यहि मंसीरमा लगनगाँठोमा कसिएका क्षेत्रीले हालसम्म ३ दर्जन भन्दा बढि लोक गीतहरुमा आफ्नो स्वर दिईसकेका छन ।

भिडियो