कुश्माबाट फलेवास जाने सडक ११ किलोमिटर छोडिँदै, मोदीवेणीमा पक्कि पुल निर्माण हुँदै

पर्वत १८ पुस । जिल्लाको सदरमुकाम कुश्माबाट फलेवास क्षेत्रमा जानका लागि हाल प्रयोग हुँदै आएको पक्कि सडकको यात्रा ११ किलोमिटर छोटिने भएको छ । कुश्माको मोदीवेणीमा कुश्मा र फलेवास नगरपालिका मुडिकुवालाई जोड्ने पक्कि पुल निर्माण कार्यको शुरुवात भएसंगै यात्रा छोडिने भएको हो । यो संगै फलेवास क्षेत्र हुँदै जिल्लाको दक्षिणी क्षेत्रमा जाने यात्रा पनि छोडिने भएको छ । हाल दोविल्ला फलेवास सडक मार्फत यात्रा गर्दा यात्रुले झण्डै ११ किलोमिटरको घुम्ति सडकमा यात्रा गर्नुपरको छ ।

निर्माणधिन कालीगण्डकी करीडोर अन्तर्गत उक्त पुल निर्माण हुने भएको हो । उक्त पुलको एक कार्यक्रमका वीच बामगठबन्धनको तर्फबाट विजयी भएका पर्वत प्रदेश न २ का सांसद विकास लम्सालले शिलान्यास गरेका छन । कालीगण्डकी करिडोरका आयोजना प्रमुख नारायणदत्त भण्डारीका अनुसार पर्वतको सदरमुकाम कुस्माबजार नजिकै मोदीबेणीमा पुल ९ करोड १४ लाख रुपैयाको लागतमा मोटरेबल पुल निर्माण हुन लागेको हो । ६० मिटर लामो तथा ११ मिटर चौडा हुने पुल २०७५ असार सम्ममा सम्पन्न हुने गरि निर्माण शुरु गरिएपनि पुलको निर्माणस्थल परिर्वतन गर्नु परेका कारण थप एक बर्ष ढिला हुन सक्ने आयोजना प्रमुख भण्डारीले बताए । अहिले निर्माण शुरु भएको स्थलभन्दा २ सय मिटर तल निर्माण गर्दा मोदीबेणी दिब्यधामका संरचना हटाउनुपर्ने भन्दै बिरोध भएपछि स्थान परिर्वतन गरिएको थियो । मोदीखोलामा पक्की मोटरेबल पुल निर्माणपछि पर्वतको सदरमुकाम कुस्माबजार देखि प्रदेश नं २ का फलेबास नगरपालिका, बिहादी, महासिला र पैञ्यु गाउँपालिका तथा बागलुङ्गका जैमुनि नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन ।

  • prabhu-bank-sept26.gif