‘कांग्रेस भनेको मान्छा विनाको पानी जस्तै हो’–तिमिल्सीना

१५ पुस, पर्वत । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम प्रदेश न ४का सह संयोजक गणेशप्रसाद तिमिल्सीनाले नेपाली कांग्रेस मान्छा विनाको पानी जस्तै रहेको आरोप लगाएका छन । शनिवार पर्वतमा प्रेस चौतारीद्धारा आयोजीत नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै तिमिल्सीनाले संविधानले तोकेबमोजीमको उद्देश्य पुरा गरेपछि पनि सत्ता नछाडेर कांग्रेसले सत्ता लिप्तत्ता देखाएको आरोप लगाएका छन ।

‘केहि महिना भएपनि देउवा प्रधानमन्त्रीको कुर्चिमा बसिरहन चाहन्छन ।’ उनले भने–‘बहाना पारेर देउवा चैत्रसम्म कुर्चिमा बस्न चाहे पनि फागुनसम्ममा नयाँ सरकार जसरी पनि बन्छ ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले र माओवादी केन्द्रको एकता नहुने भन्ने भ्रम छरिरहेको समेत बताए । उनले राष्ट्रहितमा नयाँ सरकार छिट्टै बन्ने र बामगठबन्धन वीच पार्टी एकता पनि हुने दावी गरे । पाटी एकता जस्तो संवेदशिल विषयलाई हतारमा नसोच्च आग्रह गर्दै सवै खालका संरचना र संस्थागत संचरना तयार भए लगतै पाटी एकिकरण हुने बताए । सरकारमा बहुमत जुटाउन र संस्थापन प्रति जिम्मेवार बनाउन केहि नेताहरुले विपक्षी दलका नेताहरुलाई भेट गरिएको विषयलाई जोडेर नयाँ गठबन्धनको संघा दिनु आश्र्चयजनक रहेको बताए ।

कार्यक्रममा नेकपा एमालेका अनुशासन आयोग सदस्य गणेश पौडेल, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्य पदम गिरी, प्रदेश सांसद विकास लम्साल, पूर्व सांसद कल्पना चापागाई, एमाले सचिव तथा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, महाशिला गाउँपालिकाका प्रमुख राजु पौडेल, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल र विहादी गाउँपालिकाका प्रमुख कमल भुषाल लगाएतले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । प्रेस चौतारी पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रम स्वागत उपाध्यक्ष गणेश गिरी र सञ्चालन कृष्ण अखेलीले गरेका थिए ।