पर्वतमा आगलागीबाट ४ गोठ जलेर नष्ट

१४ पुस, पर्वत । गत विहिबार आगलागीबाट पर्वतको पैयू गाउँपालिका ५ बेउलीबास स्थित ४ गोठ जलेर नष्ट भएका छन् । दिउँसोको समयमा स्थानीय यज्ञ प्रसाद न्यौपानेको गोठमा लागेको आगो फैलिँदै जाँदा ठौ प्रसाद न्यौपाने ,चोकलाल न्यौपाने, धर्मी न्यौपानेको कच्ची गोठ र तेजेन्द्र न्यौपानेको परालको टौवा समेत जलेर नष्ट भएको छ ।

घटना स्थलमा प्रहरी टोली परिचालन भई आगो नियन्त्रणमा लिएको र १२ लाख भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आगलागीबाट कुनै मानवीय तथा चौपायको क्षति भएको प्रहरीले जनाएको छ ।- सन्तोष थापा

  • prabhu-bank-sept26.gif