एमालेले छान्यो समानुपातिक सांसद, प्रदेश न ४ मा पर्वतबाट नेपाली प्रदेश सांसद

१४ पुस, पर्वत । नेकपा एमालेले प्रदेशहरुमा पाटीबाट प्रतिनिधित्व गर्ने सांसदहरु छनौट गरेको छ । ७ वटै प्रदेशमा एमालेको कोटामा पर्ने सांसदहरुको नामावली एमालेले तयार पारेको हो । एमालेले विहिबार नै उक्त नामली निर्वाचनमा आयोगमा पठाएको छ । एमालेले प्रदेश न ४ मा १० जना प्रदेश सांसद पठाएको छ ।

पार्टीले प्राप्त गरेको मतका आधारमा आयोगले तोकेबमोजीम १० जनालाई एमालेले समानुपातिकबाट प्रदेश सांसद बनाएको छ । एमालेले पर्वतकी जुनादेवी नेपाली सहितका नेताहरुलाई प्रदेश सांसदको निर्णय गरेको हो ।

नेपालीसंगै चन्द्रमोहन गौचन, मायानाथ अधिकारी, मित्रकुमारी गुरुङ, मीना गुरुङ, सावित्री राना, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी, लक्ष्मी सुनारलाई एमालेले सांसदको लागि निर्णय गरेको छ । नेपाली पर्वतको कुश्मा नगरपालिका पिपलटारीकी हुन ।