गुर्ड नेवर्सको सहयोग सन्तोषजनक

११ पुस, पर्वत ।  अन्तराष्ट्रिय दातृ निकाय गुड नेर्वस इन्टरनेशनलको सहयोगमा सञ्चालीत पर्वत सामुदायिक विकास परियोजनाको स्थलगत अनुगमन सम्पन्न भएको छ । समाज कल्याण श्रोत विकास केन्द्र (सोडेक) नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रद्धारा सञ्चालीत उक्त परियोजनाको स्थलगत अनुगमन सम्पन्न भएको हो ।

परियोजनाले जिल्लाको लिमिठाना, क्याङ र भुकदेउरालीमा सञ्चालन गरेका विभिन्न गतिविधिहरुको बारेमा अनुगमन गरिएको छ । परियोजना मार्फत शैक्षिक गतिविधि, आयआर्जन र स्वास्थ्थ तथा सरसफाई क्षेत्रमा सहयोग पुराउँदै आएको छ । शुक्रबार जिल्ला स्तरीय अनुमगमन समितिले दुई समूहमा परियोजनाको अनुगमन गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलको नेतृत्वमा लिमिठाना पुगेको टोलीले लिमिठाना माध्यमिक विद्यालयमा परियोजनाले गरेको सहयोगको अनुगमन गरेको थियो । परियोजना मार्फत विद्यालयमा स्मार्ट कक्षा सञ्चालनका लागि भौतिक सामाग्री सहयोग, भवन निर्माणका लागि झण्डै १८ लाख बराबरको नगद सहयोग र खानेपानी मर्मतका लागि सामाग्री सहयोग परियोजना मार्फत भएको सोर्डेक नेपालका अध्यक्ष देवी तिमिल्सीनाले जानकारी दिए ।

यसैगरी परियोजनाले आय आर्जन तर्फ स्थानीय दिपज्योति कफि सहकारी मार्फत सहयोग उपलब्ध गराउँदै आएको छ । परियोजनाले सहकारीलाई ७ लाख २४ हजार ७ सय ७५ रुपैंया बराबरको नगद रकम घुम्ति कोष उपलब्ध गराएको छ । सहकारीको कार्यालय स्थापना र सहकारीलाई कफी प्रशोसधन मेसिन समेत परियोजनाले उपलब्ध गराएको छ । सहकारीको कर्मचारी ब्यवस्थापनमा सहयोगसंगै सहकारी मार्फत अति गरिब परिवारलाई प्रति परिवार १० हजारका दरले १० जनालाई आय आर्जनका लागि घुम्ति कोषको रकम सहयोग गरिएको छ ।

अनुगमनमा विद्यालयमा आयोजीत कार्यक्रममा विद्यालयका प्रअ यामप्रसाद शर्माले परियोजनाद्धारा भएको सहयोगका बारेमा जानकारी गराएका थिए । यसैगरी आयआर्जनका लागि भएको सहयोगका विषयमा सहकारी संस्थाकी सचिव जानुका पन्तले जानकारी गराइएकी थिइन । यसैगरी लिमिठाना स्वास्थ्य चौकीको कार्यालय ब्यवस्थापनमा समेत परियोजनाले सहयोग उपलब्ध गराएको छ । परियोजना मार्फत सहयोग उपलब्ध गराइएको स्वास्थ्य चौकीको समेत अनुमगन गरिएको थियो । परियोजनाले स्वास्थ्य संस्थामा रंगरोगन र आवश्यक भौतिक सामाग्रीहरु उपलब्ध गराएको छ ।

परियोजनामा मार्फत झण्डै १ सय ४६ कृषकलाई टनेल सहयोग गरिएको संस्थाका अध्यक्ष तिमिल्सीनाले जानकारी दिए । अनुगमनमा विषयगत कार्यालयहरुका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । परियोजनाको लक्ष्य बमोजीमको उपलब्धि सन्तोषजनक रहेको भ्रमण दलका सहभागीहरुको भनाई छ ।