सांसद पछि फेरिएको दैनिकी

११ पुस, पर्वत । लामो समय विद्यार्थी राजनीतिमा पोखरामा सक्रिय गिरी २०६६ सालमा गृह जिल्ला फर्के । गृह जिल्ला फर्किएकै साल उनी एमाले जिल्ला कमिटिको सदस्य भए । जिल्ला कमिटिमा सचिवालय सदस्य र युवा फाँट प्रमुख बनेका गिरी जिल्लाको राजनीतिमा सक्रिय बने ।

जिल्ला कमिटिमा बसेर काम गरेका गिरी २०७० सालको संविधान सभाको निर्वाचनमा गाउँबस्तिमा डुल्ने अवसर पाए । सामाजिक जीवनमा प्रस्तुत हुँदा सधै औपचारिक ड्रेसमा देखिने गिरी युवा पुस्ता माझ बढि सक्रिय बने । पाटीको नवौं महाधिवेशनमा जिल्लामा उत्कृष्ट मत ल्याएका गिरी एकाएक पार्टी राजनीतिमा चर्चामा देखिए । जिल्ला सचिवालय सदस्यबाट पाटी अध्यक्ष माउनको इच्छा देखियो । त्यो इच्छा अन्ततः २०७१ सालमा पुरा भयो । उनीएमाले पर्वतको जिल्ला अध्यक्ष बने । जेष्ठ नेताहरुलाई उछिनेका गिरीलाई पाटीलाई गतिदिन भने अड्चन देखियो । पाटीको आन्तरीक धुव्रीकरणको राजनीतिले समस्या बेहोरेका गिरीले अन्ततः पाटीलाई सुखदगतिमा अगाडि बढाए । गाउँ टोलमाहुने साना देखि जिल्ला स्तरीय ठुला सवै कार्यक्रममा सक्रियबने ।

प्रदेश सभा सदस्यका प्रवल दाबेदार गिरीले अन्ततः २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाको टिकट हत्याए । झण्डै १३ हजार मतान्तरमा प्रतिद्धन्द्धीलाई पराजीत गरेका गिरीको अचेल दैनिकी फेरिएको छ । पाटी कार्यालयमा बसेर कार्यकर्ताका गुनासा सुन्थे पहिले । पाटीबाट सांसद बनेका नेताहरुले जिल्लामा जनइच्छा पुरा नगरेको चिसोपनका गुनासा धेरै आउन्थे । वस्ति स्तरमा पाइप, जाली देखि युवाक्लबहरुका आवश्यकताहरु उनको डायरीमा लेखिन्थ्यो । अध्यक्षको हैसियतले गर्न सक्ने सहयोग गर्ने गरेकागिरी कै नेतृत्वमा २०७३ सालको स्थानीयतहको निर्वाचनमा पर्वत एमाले जिल्लामा पहिलो पाटी बन्यो । २०७४ सालको मंसीर महिनामा उनी देशका २ सय ७५ जनामध्येका एक सदस्य बनेका छन ।

विजयीभएको घोषणासंगै मतदातालाई धन्यवाद दिन वस्ती फर्केका गिरीसंग जनताका असंख्य अपेक्षा छन । ‘ब्यक्ति ब्यक्तिकाअपेक्षा पुरा गर्न चुनौति छ’गिरी भन्छन–‘समस्याहरु समाधानका लागि गुरु योजना निर्माण गर्दैछु ।’उनीसंग अव पाटीका आन्तरीक समस्याभन्दा धेरै विकास योजनाका लिस्ट छन । बधाई दिनफोन गर्ने, भेट गर्ने सवैसंग केहि न केहि अपेक्षा छन । लामो समय देखि विकासको गतिमन्द भइरहेको पर्वतमा सडक विस्तार र कालोपत्रे गिरीको पहिलो एजेण्डा हो ।

बधाई ग्रहण र मतदातालाई धन्यवाद दिन तिलाहारको गिज्यान पुगेका गिरीलाई स्थानीयले मोदीखोलामा पक्किपुलको माग गरे । पैयूको हुवास पुगेकाउनलाई बाह्ै महिनाचल्ने सडक चाहियो भने । आफनै गाउँदुर्लुङमा खानेपानीको समस्या तत्काल समाधानगर्न गाउँलेले माग गरे । कुश्माको खत्री टोलका रामकृष्ण खत्रीले बन्दअवस्थामा रहेको गाईफार्म सञ्चालन गर्न सहयोग मागे । घुमाउरो सडकका कारण यात्रा कष्टकर भएको भन्दै फलेवासको खानीगाउँ, मुडिकुवा र देविस्थानका स्थानीयले मोदीवेणी जोड्ने सडक निर्माण र पक्किपुलको बनाईदिनमाग गरे । गिरी भन्छन –‘जनताका कुरा सुन्दाभावविह्ल छु ।’

सिमितिश्रोतले असिमित आवश्यकता पुरा गर्न चुनौति रहेको उनको भनाई छ । ‘बोझिलो अनुभव गरेको छु’ उनी भन्छन–‘सवैको साथ र सहयोगले जिल्लालाई विकासको अग्रपथमा लैजाने छु ।’उमेरले ४० बर्षकागिरी सानो उमेरमा सांसद हुने भाग्यमानी नेताको सुचिमा पर्छन । जिल्लाका सवैजसो गाउँमामतदातालाई धन्यवाद दिन पुगीसकेका गिरी नेतृत्वमा इच्छाशक्ति हुने हो भने जनताका न्यूनतम आवश्यकता पुरा गर्न असहज नरहेको बताएका छन ।
अर्थ वीट साप्ताहिकबाट साभार गरिएको सामाग्री

  • prabhu-bank-sept26.gif