मनोज नेपाली दोश्रो पर्वत स्टार

११ पर्वत पुस । जिल्ला स्तरीय तेक्वान्डो प्रतियोगीतामा मनोज नेपालीले सर्वोकृष्ट पर्वत स्टारको उपाधि जितेका छन । नेपालीले १८ वटा तौल समुहमा १स सय १९ जना खेलाडीहरुलाई उछिन्दै पुरुष ५४–५८ के.जी. तौल समुहका नेपालीले सर्वोकृष्ट पर्वत स्टारको उपाधि जितेका हुन । उत्कृष्ट खेलाडीमा पुरुषबाट २३–२७ के.जी. तौल समुहमा सक्षम शर्मा र महिला ३१–३४ के.जी. तौल समुहका समिता थापाले उपाधी हासिल गरेका छन् ।

बिभिन्न तौल समुहमा समिप थापा, बिमल परियार, सक्षम शर्मा, जोनिश रसाईली, अमित परियार, अनिश कुँवर, कमल चापागाई, संगम थापा मगर, सलिना क्षेत्री, समिता थापा, मनोज नेपाली, सन्देश थापा, अशोक परियार, चन्देश्वर मुखिया, रन्जिता सुनार, प्रतिभा थापा, सेजल पुन, सामना मल्ल र सदिक्षा माझी प्रथम भएका छन् ।

यसैगरी बिबस नेपाली, डायमण्ड पुर्जा, शिशिर माझी, सचिन पौडेल, सागर कुँवर, कृष्ण परियार, दिपक परियार, समिर थापा मगर, नन्दनी परियार, सजना परियार, सुवास कुँवर, कुसान गुरुङ, गणेश पौडेल, रिजन प्रसाई, पुष्पा पुर्जा, स्नेहा परियार, लिजा गुरुङ, निरु चौधरी, स्मृती सुनार दोश्रो हुन सफल भएका छन ।

तेस्रो हुनेमा दिप्सन नेपाली, सम्राट पौडेल मनिस थापा पुस्कल गौडेल अनिस सुनार अजय मुखिया प्रशान्त कुँवर प्रदिप भुसाल जोनिश गुरुङ अर्जुन परियार विकास नेपाली अनमोल परियार सुदर्शन शर्मा संघर्ष कुँवर रिचा पुन एन्जल चन्द घिमरे अस्मी परियार कृष्टिना के.सी. शंकर चापागाई सुवास कुँवर अमृत सुनार धनबहादुर नेपाली सन्दिप परियार बिजय कुँवर सरोज नेपाली राम विश्वकर्मा शुष्मा फकामी पुन सिल्भिया भुसाल प्रसन्ना कुँवर स्वस्तिका थापा बिडिस श्रेष्ठ र रश्मी रेग्मी रहेका छन ।

बिजेतालाई ट्रफी, मेडल, प्रमाणपत्र, बिभन्न उपहारहरु समेत प्रदान गरिएको थियो । भने पर्वत जिल्लाका घरेलु मैदानमा प्रशिक्षण लिई पहिलो ब्लाकबेल्ट लोकनाथ गिरीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय तेक्वान्दो सघ जिल्ला कार्य समितिको आयोजनामा पुस ८ र ९ गते प्रतियोगीता सम्पन्न भएको हो । प्रतियोगीताको उदघाटन फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले गरेका थिए ।

  • prabhu-bank-sept26.gif