तेक्वान्दो खेलाडी सम्मानीत

पर्वत ११ पुस । जिल्लाकै पहिलो तेक्वान्दो खेलका ब्ल्याक वेल्ट खेलाडी लोकनाथ गिरीलाई सम्मान गरिएको छ । खेल क्षेत्रको विकासमा पुराएको योगदानको कदर गर्दै दोस्रो पर्वत स्टार तेक्वान्डो प्रतियोगीताको अवसर पारेर गिरीलाई सम्मान गरिएको हो ।

गिरी जिल्ला तेक्वान्डो खेलका प्रशिक्षक समेत हुन । लामो समयसम्म तेक्वान्डो खेलको विकासमा सक्रिय रहेका गिरीलाई सम्मान गरिएको हो । पर्वतको कुश्मा नगरपालिकाका गिरीलाई राष्ट्रिय तेक्वान्डो संघ पर्वतले सम्मान गरेको हो ।

प्रतियोगीताको अवसरमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले खेल क्षेत्रले राष्ट्रको पहिचान विश्व स्तरमा दिने भएकाले युवा पंक्तिको खेलप्रति मोहलाई राज्यले सम्मान गर्नुपर्ने धारणा राखे । उनले खेलकुदमा लागेका युवाहरुमा शारीरिकसंगै मानसिक दक्षतामा समेत बृद्धि हुने भएकाले खेलकुदको माध्यमबाट युवाहरुमा विकृतिको रुपमा फैलिएको दुब्र्यसनीलाई अन्त्य गर्नुपर्ने बताए ।