विद्यालयका पूर्व विद्यार्थी सांसद भएपछि विद्यालयले यसरी गरयो सम्मान

५ पुस, पर्वत । मंगलबार दुर्लुङ स्थिर काफलचौर माध्यमिक विद्यालयको प्राङगणमा छुट्टै रौनक थियो । शिक्षकहरु आफूले पढाएको विद्यार्थी सांसद भएको खबरले गदगद थिए ।

मंगलबार सांसद पदम गिरी विद्यालयमा आउने भएपछि विद्यार्थीहरु स्वागतको लागि आतुर थिए । शिक्षकहरु सम्मानका लागि तैनाथ थिए । कक्षा १० सम्मको अध्ययन पुरा गरेको विद्यालयमा मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी विद्यालयले सांसद गिरीलाई सम्मानको गरेको हो ।

विद्यालय ब्यवस्थापन समिति र शिक्षकहरुले सामूहिक रुपमा गिरीलाई सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोहि अवसरमा सांसद नेत्रनाथ अधिकारीलाई समेत विद्यालयले सम्मान गरेको थियो ।