पिडा लुकाउँदै जोशी जलजलामा, खुशी बाड्ँदै गिरी मोदीमा

३ पौष, पर्वत । निर्वाचन पछि विजयी र पराजीत सवै उम्मेदवारहरु मतदाता भेटघाट अभियानमा छन । लगातार ३ पटकको संसदीय यात्रामा विश्राम लागेका नेपाली कांग्रेसका अर्जुन जोशी मतदातालाई धन्यवाद दिन सोमबार जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेका छन ।

उता, जोशीको प्रतिद्धन्द्धी रुपमा विजयी भएका एमाले जिल्ला अध्यक्ष समेत रहेका प्रतिनिधि सभाका सदस्य पदम गिरी मोदी गाउँपालिकाका विभिन्न वडामा पुगे । मतदातालाई आफ्नो पक्षमा मत दिएकोमा धन्यवाद दिन गाउँ पुगेका नेताहरु मध्ये जोशीले आफू निर्वाचनमा पराजय भएपनि जनताको वीचमा बसेर सधै सेवा गर्ने प्रतिबद्धता जनाएका छन ।

उता, गिरीले भने जनताले गरेको विश्वासलाई घात नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । गिरीसंगै प्रदेश सभा सदस्य नेत्रनाथ अधिकारी पनि गाउँ अभियानमा छन । निर्वाचनमा मत माग्न मात्र जाने र विजयी वा पराजय भएपछि मतदातालाई वेवास्ता गर्ने परम्परालाई तोड्दै नेताहरु यतिबेला गाउँ अभियानमा निस्केका हुन । मतदातालाई धन्यवादन दिन गाउँ पसेका नेताहरु मध्ये जोशी पराजयको पिडामा छन ।

केन्द्रिय राजनीतिमा समेत आफ्नो विशेष भूमिका देखाउन सफल नेता जोशीलाई एमाले जिल्ला अध्यक्ष रहेका गिरीले फराकिलो मतान्तरमा निर्वाचनमा पराजय गराए । जोशी पराजयको पिडाका वीच पनि जनताको घरदैलोमा पुगेर सम्बृद्ध पर्वतमा आफ्नो पनि भूमिका रहने बताएका छन ।

उता गिरीले लामो समयसम्मको कांग्रेसको विरासत तोडेको भन्दै, जनताको पक्षमा विकास योजनाहरुले गाउँ वस्तिसम्म पुराउने प्रतिबद्धता ब्यक्त गरिरहेका छन । गिरीले प्रदेश क्षेत्र नम्बर २ का सवै जसो वडाहरुमा पुगेर विजयको खुशीयाली साटिसकेका छन ।

  • prabhu-bank-sept26.gif