४० बर्षमै पदम गिरी केन्द्रिय सांसद

२५ मंसीर, पर्वत । उमेरले चार दशक पार गरेका नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी केन्द्रिय सांसद बनेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गिरी सानो उमेरमै संसदीय राजनीतिमा प्रवेश गर्ने अवसर पाएका भाग्यमानी युवाको रुपमा राजनीतिमा उदाएका हुन ।

विद्यार्थी राजनीतिमा चर्चित गिरी कुश्मा नगरपालिका दुर्लुङका बासिन्दा हुन । पृथ्वीनारायाण क्याम्पसको बिद्यार्थी राजनीतिबाट समाज परिर्वतनको यात्रामा हिडेका गिरी देशकै एमालेको तर्फबाट जिल्ला अध्यक्ष हुने सानो उमेरका ब्यक्ति हुन । .

सरल मृदृभाषी र सवैसंग सहज घुलमिन हुनसक्ने गिरीको स्वभावका कारण यिनको राजनैतिक उचाई थप बृद्धि भएको छ । दुई दशक भन्दा बढि पर्वत क्षेत्र न १ मा बामशक्ति विरुद्ध नेपाली कांग्रेसले जीत हासिल गर्दै गरेका कारण गिरीको विजयलाई पर्वतको कम्युनिष्ट आन्दोलनमा ठूलो उपलब्धिको रुपमा हेरिएको छ । युवा पुस्ताले निकै रुचाएका गिरीले स्नाकोत्तरसम्मको अध्ययन पछि पार्टीको राजनीतिमा सक्रिय भूमिका खेलेका थिए । पार्टी राजनीतिमा प्रवेश गरेका गिरी नेकपा एमाले जिल्ला कमिटिको सचिवालय सदस्य बने ।

जिल्ला अध्यक्ष विकास लम्साल रहेको पर्वतको जिल्ला कमिटिमा प्रवेश गरेका गिरीलाई युवा फाँट प्रमुखको जिम्मेवारी पार्टीले सुम्पेको थियो । दोस्रो कार्यकालमै गिरीले जिल्ला कमिटिको अध्यक्ष पदको जिम्मेवारी पाए । उनले नेकपा एमाले जिल्ला कमिटिको अध्यक्ष पदमा विजयी हासिल गर्दा पार्टी भित्रका पुराना नेताहरु रुष्ट बन्दै गए पनि गिरीको राजनैतिक अद्भूत क्षमताका कारण अन्ततः उनले केन्द्रिय सांसदको टिकट समेत पाए । कलिलो उमेर मै राजनीति इतिहासको ठूलो भूमिका पुगेका गिरीलाई प्रदेश न ४ को आशालाग्दो नेताको सुचिमा हेर्न थालिएको छ ।