२६ बर्ष पछि कुश्मामा कम्युनिष्टहरुको पहिलो विजय ¥याली

२५ मंसीर, पर्वत । २०४८ साल पछिको पहिलो विजय उत्सवको रुपमा कम्युनिष्टहरुले कुश्मामा ¥याली निकालेका छन । पर्वतको संसदीय राजनीतिमा पर्वत क्षेत्र न २ मा विगतका दुई निर्वाचन जितेका कम्युनिष्टहरुले क्षेत्र न १ मा २६ बर्ष पछि मात्रै सत्ता प्राप्त गरेका छन ।

२०४८ सालमा कम्युनिट पार्टीको तर्फबाट कृष्णप्रसाद भट्टराईले निर्वाचन जितेका थिए । क्षेत्र न १ मा भट्टराईले विजय हासिल गरेको २६ बर्ष पछि मात्रै क्षेत्र न १ मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारीले प्रदेश निर्वाचन जिते भने केन्द्रिय सांसदको निर्वाचन एमालेका पदम गिरीले जिते ।

२०४८ साल पछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसका इन्दु शर्माले विजय हासिल गरे । २०५६ सालमा भएको आम निर्वाचनमा नेपाली कांग्रेसका अर्जुन जोशीले विजयी हासिल गरे । माओवादी शसस्त्र युद्ध समाप्ती पछि २०६४ सालमा भएको पहिलो संसदीय र संविधान सभाको निर्वाचनमा पुनः जोशीले नै विजय हासिल गरे । लगातार ३ पटकसम्म संसदीय भूमिका विहिन बनेको एमालेले २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा पनि जीत हासिल गर्न सकेन । २०७० सालमा ह्याट्रिक गर्दै नेपाली कांग्रेसका अर्जुन जोशीले पुनः विजय हासिल गरे ।

यी सवै निर्वाचनमा बाम शक्तिबाट उठेका उमेदवार पराजीत हुँदै आएका थिए । २०६४ र २०७० सालमा भएको निर्वाचनमा क्षेत्र न २ मा लगातार बाम शक्तिले बिजय हासिल गरे पनि क्षेत्र न १ मा बाम शक्ति सधै पराजीत हुँदै आएका थिए । २६ बर्ष पछि विजयको माला भिरेका बाम शक्तिका कार्यकर्ता आइतबार निकै उत्साहित देखिन्थे । पश्चिम जलजलाको बासखर्क देखि दक्षिण क्षेत्र टकलाकसम्मका कार्यकर्ता जम्मा भएर विजय उत्सव मनाउँदा कुश्मा बजार कम्युनिष्टमय भएको थियो । संविधान कार्यान्वयन पछि भएको आम निर्वाचनमा ३ वटै क्षेत्र जितेका कम्युनिष्टहरुले टुट र फुटेको राजनीतिका कारण आफूहरु कमजोर बनेको भन्दै अव भने एक भएर जाने सन्देश कार्यकर्ताहरुर्लाइ दिएका छन ।