बामगठबन्धनले आज दिउँसो विजय जुलुस निकाल्ने, बान्द्रेवीडि चौरमा विजय सभा हुने

२४ मंसीर, पर्वत । जिल्लाका ३ वटै सिटमा विजय हासिल गरेको संयुक्त बाम गठबन्धनले आज दिउँसो नै पर्वत सदरमुकाम कुश्मा बजारमा विजय ¥याली निकाल्ने तयारी गरेको छ ।

गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भक्त कुँवरले दिएको जानकारी अनुसार दिउँसो ११ बजेपछि एमाले पार्टी कार्यालयबाट शुरु हुने ¥यालीले सदरमुकामका विभिन्न भाग परिक्रमा गर्दै बान्द्रेवीडि चौरमा विजय सभामा परिणत हुनेछ ।

विजय सभालाई एमाले पोलिटब्यूरो सदस्य तथा प्रदेश सह इच्चार्ज गणेश प्रसाद तिमिल्सीना, प्रतिनिधि सभाका सदस्य पदम गिरी, प्रदेश सभा सदस्य नेत्र अधिकारी र विकास लम्सालले सम्बोधन गर्नुहुने कुँवरले जानकारी दिए ।