अन्ततः २३ बर्ष पछि इतिहास पल्टियो, पर्वतबाट प्रतिनिधि सभामा पदम गिरी निर्वाचित हुने निश्चित

२४ मंसीर, पर्वत । विगत २३ बर्ष देखिको पर्वतको इतिहासलाई पल्टाउँदै नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका युवा नेता पदम गिरीले संविधान कार्यान्वयन पछिको पहिलो प्रतिनिधि सभामा आफ्नो जीत सुनिश्चित गरेका छन । निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीलाई भारी मतान्तरले हराउँदै गिरीले केन्द्रिय सरकारको लागि आफ्नो सिट सुरक्षित गरेका हुन ।

राती १ बजेर ३० मिनेट जाँदा सार्वजनिक भएको मतपरिणाम अनुसार गिरीले प्रतिद्धन्द्धीलाई १० हजार ४२ मतले अग्रता कायम गरेका छन । उनले कुल ५९ हजार ५ सय ४३ मत मध्ये कुल ३३ हजार १ सय ७ मत प्राप्तगरेका छन ।

उनका निकटम प्रतिद्धन्द्धी अर्जुन जोशीले कुल २३ हजार १ सय ५ मत प्राप्त गरेका छन । मतगणना कार्यका लागि अव १० हजार ३ सय ३९ मत मात्रै बाँकी रहेको छ । योसंगै गिरीको विजय सुनिश्चित भएको भन्दै कार्यकर्ताहरु उत्साहित बनेका छन ।

  • prabhu-bank-sept26.gif