पर्वतमा यसरी हुँदैछ मतगणनाको तयारी

२२ मंसीर, पर्वत । विहिबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा गठनका लागि भएको मतदानको मतगणना पर्वतमा आजबाट शुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार आज विहान सर्वसदीय वैठक र वैठक लगतै मतगणनाको कार्य शुरु गर्ने गरी तयारी भएको  छ ।

मतका पेटिकाहरु शुक्रबार विहान सवै सदरमुकाम आइपुगेका छन । मतपेटिकालाई जिल्ला अदालतमा उच्च सुरक्षाका साथ राखिएको कार्यालयले जनाएको छ । अहिले केहि बेर पछि बस्ने सर्वदलिय वैठक पछि राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा मतगणना कार्य अगाडि बढने छ ।

मत गणना स्थल जिल्ला अदालत परिसरमा तार, जाली सहितको उच्च सुरक्षा प्रवन्ध मिलाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । आज दिउँसो देखि नै मतणनाको परिणाम सार्वजनिक हुन शुरु हुनेछ । राजनैतिक दलका कार्यकर्ताहरु मतदान स्थलबाट मतपरिणाम सुन्नका लागि विहिबार राती देखि नै सदरमुकाम आउने क्रम शुरु भएको छ ।

  • prabhu-bank-sept26.gif