जनता आफैले लेखेको नयाँ संविधान कार्यान्वयन पछिको दोस्रो चरणको आम निर्वाचन आज

२१ मंसीर, पर्वत । नेपाली जनताले लामो समय देखि प्रतिक्षा गरेको संविधान सभा मार्फत जारी भएको नयाँ संविधान कार्यान्वयन पछिको पहिलो आम निर्वाचनको दोस्रो चरणको चुनाव आज हुँदैछ । जिल्लाका ४५ जिल्लामा हुने यस निर्वाचनले प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यहरु निर्वाचीत गर्नेछ । स्थानीय तहको निर्वाचन सकिएसंगै आम निर्वाचन मार्फत केन्द्र र प्रदेश सरकार गठनका लागि यो निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा मुख्य गरी बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरी दुई वटा शक्तिले भाग लिएका छन । देश भरका ४५ जिल्लाका जनताले विहान ७ बजेदेखि वेलुका ५ बजेसम्म मतदान गर्नेछन । मतदानको लागि बुधवार वेलुका नै सवै तयारी सकिएको निर्वाचन आयोगले जनाएका छ । मतदानमा उच्च सुरक्षा ब्यवस्था मिलाइएको भन्दै आयोगले र सुरक्षा निकायल ढुक्क भएर आफ्नो मत जाहेर गर्न समेत आग्रह गरेको ।

पर्वत जिल्लामा पनि आज ७४ वटा मतदान स्थलमा मतदान हुँदैछ । ७४ वटा मतदान केन्द्रमा रहेका जिल्लाका १३७ मतदान स्थलमा हुने निर्वाचनमा कुल १ लाख ७ हजार ३ सय ३ जना मतदाताहरुले निर्वाचनमा आज भाग लिनेछन ।

  • prabhu-bank-sept26.gif