पर्वतमा कुन–कुन उमेदवारले कुन–कुन मतदान केन्द्रबाट मतदान गर्दैछन

२० मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभा गठनका लागि भोली हुने दोस्रो चरणको आम निर्वाचनमा जिल्लामा मुख्य गरी दुई शक्ति चुनावी मैदानमा छन ।प्रतिनिधि सभामा संयुक्त बाम मोर्चाका उमेदवार तथा नेकपा एमाले पर्वत जिल्ला अध्यक्ष पदम गिरीले पदम गिरीले कुश्मा नगरपालिकाबाट मतदान गर्नेछन । उनले आफ्नो जन्मगाउँ कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थित काफलचौर माविको मतदान केन्द्रबाट मतदान गर्नेछन । यसैगरी प्रतिनिधि सभाका अर्का उमेदवार लोकतान्त्रिक तथा पूर्व सांसद अर्जुन जोशीले पनि कुश्मा नगरपालिकाबाटै मतदान गर्नेछन ।

उनले नगरपालिकाको वडा न ४ स्थित नारायण मावि मतदान केन्द्रबाट मतदान गर्नेछन । उता, प्रदेश सभा तर्फ पूर्व सांसद तथा बामगठबन्धनका साझा उमेदवार पूर्व सांसद विकास लम्सालले फलेवास नगरपालिकाबाट आफ्नो मतदान गर्नेछन । फलेवास नगरपालिकाको भवानी विद्यापिठ माविबाट मतदान गर्नेछन । उता, बामगठबन्धनका साझा उम्मेदवार प्रदेश सभा क्षेत्र न १ का नेत्रनाथ अधिकारीले पनि कुश्मा नगरपालिकाबाटै मतदान गर्नेछन ।

कुश्मा नगरपालिकाको वडा न १ पाङ स्थायी घर भएका अधिकारीले पाङ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नेछन । उता, प्रदेश सभा क्षेत्र न १ का लोकतान्त्रिक मोर्चाका उमेदवार नवराज गुरुङको नामावली भने पैयू गाउँपालिकामा छ । उनी दुर्लुङका बासिन्दा भएपनि मतदाता नामावली पैयूमा भएको हुँदा उनले पैयू गाउँपालिका वडा न ७ स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ ।

यद्यपि गुरुङले अहिलेसम्म मतदानका लागि पैयू क्षेत्रमा जाने मनस्थितीमा छैनन । उनी प्रदेश सभाको लागि क्षेत्र १ का उमेदवार हुन । उता, प्रदेश न २ का लोकतान्त्रिक मोर्चाका उमेदवार राजेन्द्र तिवारीले पैयू गाउँपालिका वडा न ६ स्थित विनु माविबाट मतदान गर्नेछन ।