गाउँमा चुनावी रौनक बढ्यो, मतदाता गाउँ हिडेपछि सदरमुकाम कुश्मा सुनसान बन्दै

२० मंसीर, पर्वत । विहिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको चुनावी रौनक गाउँघरमा बढेर गएको छ । मतदाताहरु आफ्नो पक्षका उम्मेदवारको पक्षमा खुलेरै बोल्न थालेपछि गाउँघरमा चुनावी रौनक बढेर गएको हो । सदरमुकाम र ठूला शहरहरुमा रहेका मतदाताहरु पनि यति बेला मतदान गर्नका लागि गाउँ छिरेका छन ।

योसंगै ठूला शहरहरु र सदरमुकाम कुश्मा बजार पनि सुनसान बन्दै गएको छ । राजनैतिक कार्यकर्ताहरु मौन अवधि भएपनि आफ्नो पार्टी र उम्मेदवारको पक्षमा मत माग्न घरदैलोमा ब्यस्त छन भने, दल निकट नभएका सर्वसाधारणहरु पनि आफूले कुन उमेदवार चुन्ने भन्ने विषयमा बहस गरीरहेका छन ।

जिल्लामा ७४ मतदान स्थल र १ सय ३७ मतदान केन्द्र रहेका छन । कुल १ लाख ७ हजार ३ सय ३ मतदाताले भोली हुने आम निर्वाचनमा पर्वतमा भाग लिँदैछन । भोली हुने निर्वाचनमा प्रतिनिधि सभा तर्फ एक र प्रदेश सभा तर्फ दुई जना पर्वतबाट निर्वाचित हुँदैछन । भोली हुने निर्वाचनका लागि प्रतिनिधि सभामा एमालेका पदम गिरी कांग्रेसका अर्जुन जोशी भिड्दैछन ।

यसैगरी प्रदेश सभा १ मा माओवादी केन्द्रका नेत्रनाथ अधिकारी र नेपाली कांग्रेसका नवराज गुरुङ वीच प्रतिस्पर्धा हुँदैछ भने प्रदेश सभा २ मा एमालेका विकास लम्साल र कांग्रेसका राजेन्द्र तिवारी वीच प्रतिस्पर्धा हुँदैछ ।

  • prabhu-bank-sept26.gif