जलजलामा लैजादै गरेको पाइप प्रहरी नियन्त्रणमा

१९ मंसीर, पर्वत । निर्वाचनमा मतदाता प्रभावित पार्ने गरी राजनैतिक दलले वितरण गर्न लैजादै गरेको २ क्वाइल पाइप प्रहरीले नियन्त्रणमा लिएको छ ।

जलजला गाउँपालिका वडा न ८ नाङलीवाङमा निर्वाचनलाई प्रभावित पर्ने गरी ग २ च ४३८८ नम्बरको जीपमा मंगलबार दिउँसो वितरणका लागि लैजादै गरेको पाइप निर्वाचनमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको स्थानीय सोम जिसीले जानकारी दिए ।

उता, निर्वाचनमा खटिएका प्रहरी सहयाक निरिक्षक कृष्ण नेपालीले संंकास्पद रुपमा गाउँमा लैजादै गरेको पाइपलाई प्रहरीले नियन्त्रणमा लिएको र पाइप लैजानुको प्रयोजनका विषयमा अनुसन्धान भईरहेको बताएको छ । पाइप मतदान स्थलमा राखिएको छ ।
एता संयुक्त बामगठबन्धनले चुनावलाई प्रभावित गर्ने गरी गरिएको यस्तो कार्य तुरुन्तै रोक्न माग गरेको छ । गठबन्धनका जिल्ला निर्वाचन परिचालन समितिका संयोजक भक्त कुवंरले मतदातालाई मतदानमा प्रभावित गरिने यस्ता हर्कद तुरुन्तै रोकनुपर्ने बताए ।

यस बिषयमा नेपाली कांग्रेसका पूर्व बडा अध्यक्ष तथा जलजला गाउपालिकाका अध्यक्ष हरी बहादुर जिसीले ब्यक्तिगत प्रयोजनको लागि गाउँमा लगिएको सामानको बिषयमा अनावश्यक हल्ला फिजाईएको दाबी गरे ।

  • prabhu-bank-sept26.gif