कांग्रेसका प्रदेश सभाका उमेदवार गुरुङ जस्ले आफ्नो चुनाव चिन्हमा आफैले मतदान गर्न पाउँदैनन (कारण यस्तो छ)

१९ मंसीर, पर्वत । आगामी २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा क्षेत्र न १ मा उमेदवार बनेका कांग्रेस नेता नवराज गुरुङले आफ्नो चुनाव चिन्हमा आफै मतदान गर्न नपाउने भएका छन । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङ स्थायी घर भएका गुरुङ २०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र न २, पर्वतबाट उमेदवार बनेका थिए ।

क्षेत्र न २ मा उमेदवार बनेका गुरुङलाई सो क्षेत्रमा टुरिष्ट उमेदवारको नारा लगाएपछि भने उनले आफ्नो मतदाता नामावली जिल्लाको पैयू गाउँपालिका वडा न ७ भोर्लेमा सारेका छन ।
उनी अहिले क्षेत्र न १ बाट उमेदवार बनेका छन । योसंगै उनले भोर्ले स्थित जनता माविबाट मतदान गर्नुपर्नेछ । क्षेत्र न २ मा उनले मतदान गर्दा आफूलाई मतदान गर्न उनले नपाउने भएका छन । कुश्माको दुर्लुङबाट मतदाता नामावली भोर्लेमा सारेसंगै उनले आफूले आफैलाई मतदान गर्ने अवसर गुमाएका हुन ।

 

 

  • prabhu-bank-sept26.gif