अठार बर्षसम्म रोएका जनतालाई खुसी दिनका लागि मेरो उम्मेदवारी हो–नेत्र अधिकारी

पर्वत क्षेत्र नम्बर १ बाट प्रदेशसभामा प्रत्यक्ष तर्फ माओवादी केन्द्रका उम्मेदवार नेत्र अधिकारी हिमालसँग चुनावी सेरोफेरोमा पत्रकार महेन्द्र केसीले लिएको अन्तरबार्ताको सम्पादित अंशः

कस्तो छ चुनावी धपेडी ?

चुनावी धपेडी स्वभाविकै रुपमा हुने नै भो । धपेडीकै विचमा पनि जनतामाँझ पुग्दा र उहाँहरुको सुखदुःख बुझ्दा अव समाज र मुलुकमा केही गर्ने बेला आएको महसुस हुँदैछ । गाउँगाउँ डुलेर गाउँका आमाबुवा, दाजुभाई र दिदीबैनीहरुको न्यानो माया र साथ पाउदाँ भने चुनावी धपेडी क्षणभरमै विलाउछ । चुनाव प्रचार अभियान गर्नुभन्दा पहिले हामीले पार्टीका आन्तरिक भेला र बैठकहरुबाट निर्वाचन प्रचार कमिटीहरु बनाउँदै, युवा, महिला, बुद्धिजीवी, पेशाकर्मीहरुसहित व्यापक आन्तरिक तयारीहरु गरेका थियौ ं। बामगठबन्धनको संयुक्त बैठकबाट चुनाव प्रचारप्रसार समिति गठन गरी स्थानीय तहदेखि गाउँ वडासम्म चुनाव प्रचारप्रसारलाई तिब्र र व्यापक बनाउँदै चुनाव प्रचारप्रसारको अन्तिम अन्तिममा आइसकेका छौं ।

तपाईं दोस्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ? कस्तो अनुभूति भइरहेको छ, पहिलो र दोस्रो चुनावमा ?

विगतमा पर्वत माओवादी केन्द्रको हकमा तुलनात्मक रुपले कमजोर आधार भएको क्षेत्र हुँदाहुँदै पनि क्षेत्र १ कै कुरा गर्ने हो भने पनि ०६४ सालको संविधानसभा निर्वाचनमा हाम्रा उम्मेदवार मनरुपा शर्मा झिनो मतको अन्तरले पराजित हुनु परेको अवस्था थियो । २०७० सालको कुरा गर्नुहुन्छ भने पनि मैले मात्र ७ हजार मत हासिल गरेको थिए । अव भन्नुहोस् बामपार्टीहरु एक्लाएक्लै चुनाव लड्दा झिनो मतान्तरले हार व्यहोर्नु परेको स्थानमा संयुक्त बामगठबन्धनको साझा उम्मेदवारले कसरी बाजी नमारिएला ?

विगतमा तर अव भने त्यो अवस्था रहेन हामी बामशक्ति मुलुकको समृद्धिका लागि एक भएका छौ । विस्तृत शान्ति सम्झौतापछि बाहिरी राजनीतिमा आएको माओवादीको त्यतिबेला जनलहर ठूलै थियो । नेपाली काँग्रेसले आफ्नो किल्ला बनाएको क्षेत्रमा चुनावमा हामी पराजय भए पनि हाम्रो मत २० हजारभन्दा माथि थियो जस्ले माओवादीको जनलहरको झल्को दिएको थियो । २०७० सालको चुनावमा माओवादीकै आन्तरिक कारण मतदाताहरुमा दुविधा पैदा भयो । पार्टी फुटको प्रक्रियाले मतदाता र कार्यकर्तामा निराशा छायो जसका कारण म पराजय भए । अव भने राजनीतिक परिस्थिति बदलिएको छ ।

म संयुक्त बामगठबन्धनको साझा उम्मेदवारको रुपमा अघि आएको छु । विगतमा भएका मतदाताको संख्याको हिसावले पनि बामगठबन्धनको उम्मेदवारको राजनीतिमा लागिरहेको एउटा नेताका लागि पहिचानको लागि एउटा जिल्ला वा एउटा क्षेत्र हुनुपर्छ भन्ने सोच ममा आयो । अर्को कुरा, म जुन ठाउँमा जन्मेँ, त्यो ठाउँको सेवा गर्ने अवसर पनि प्राप्त गर्नुपर्छ भन्ने लागेर मैले उम्मेदवारी दिएँ । त्यतिबेला परिणाम आफ्नो अनुकूल बनाउन सकिएन । त्यसलाई मैले समीक्षा गरेर नै यो पटक उम्मेदवारी दिएको हुँ । त्यसैले जनताको सेवाकै लागि फेरि मैले यसपटक उम्मेदवारी दिए । २०७० देखि आजसम्म जति पनि जिल्लाको विकासको लागि काम गरे त्यसको जिल्लाबासीले बुझ्नेछन् भन्ने मैले ठानेको छु ।

जिल्लाबासीले नेत्र अधिकारीलाई नै भोट दिनुपर्ने कारण चाहि के ?

म अझसम्म कुनै पनि लाभको पदमा नरहेको व्यक्ति हुँ । मैले राजनीतिको यो करियरमा तत्कालीन अबस्थामा राज्यबाट धेरै पीडा र यातना खेपेको मान्छे पनि हुँ । तर मलाई अझसम्म कुनै पनि फौजदारी, भ्रष्टाचारी लगायतका जतिपनि अनैतिक कार्य छन् त्यसको आरोप लागेका छैनन् र लाग्ने पनि छैनन् भने जिल्लाबासीहरुको विकासका लागि मैले गरेका पहल र योजनाहरु प्रसस्तै छन् । त्यसकारण मलाई जनताले भोट नदिने कुरै भएन् । बरु मलाई भोट किन दिने भन्ने सवाल ल्याउनु भ््न्दा पहिला १८ बर्षसम्म निर्वा्चित भएकाहरुले क्षेत्र नं १ को विकासका लागि के के गर्न सके ? प्रश्न यहाँ छ । यो विषय पर्वतबासीलाई घाम जस्तै छर्लङ्ग भएकै कुरा हो । क्षेत्र नं १ को विकासको लागि अब जनताले नेत्र अधिकारीलाई मात्रै होइन बामगठबन्धनलाई जिल्लाभरीबाट नै विजयी गराउनेछन् भन्ने ठुलो विश्वास छ । हाँमी चुनाब जित्छौं ।

तपाईं जनतामाझ के कुरा लिएर गइरहनुभएको छ ? राष्ट्रिय राजनीतिका कुरा लिएर जानुभएको छ वा स्थानीय विकासका कुरा लिएर जानुभएको छ ? के कुरामा बढी प्राथमिकता दिनुभएको छ ?

यसपाली जनताको मनोविज्ञान कस्तो बनेको छ भने उनीहरु धेरै कुरा सुन्न चाहँदैनन्। विशेषगरी हाम्रो पर्वतका जनताको समस्या र माग भनेको ४ वटा कुरा सडक, स्वास्थ्य, र खानेपानी, युवाहरुलाई रोजगारीको समस्या बढी छ । यी चार वटा कुरा चाहिँ प्रमुख रुपमा उठेका मुद्दा हुन्, त्यसैगरी शिक्षामा प्रविधीयुक्त बनाएर सुधार गर्नुपर्ने छ । पार्टीले घोषणापत्र सार्वजनिक गरिरहँदा हामीले पाँच वर्ष्िभत्र १० लाख युवालाई रोजगारी दिनेदेखि अविकसित मुलुकको पहिचान बनेको नेपाललाई पाँच वर्ष्िभत्र विकासशील बनाउने र १० वर्ष्िभत्र विकसित मुलुक बनाउने र त्यसका पूर्वाधारका असंख्य एजेन्डा जारी गरेका छौं। त्यो कुरा हामीले प्रमुख रुपमा उठाइरहेका छौं । दोस्रो कुरा, पोखरासँग सीमा जोडिएको नजिकको जिल्ला पर्वतको केन्द्रीय स्रोत साधन र पहुँचमा निकै कमजोर उपस्थिति रह्यो। विगतका नेतृत्वले यस कुरामा ध्यान दिन सकेन, वा उहाँहरुको पहलकदमी पुगेन। यो कुरालाई हामीले हाइलाइट गरेका छौं र बामगठब्न्धनले चुनाव जितिसकेपछि हामी राष्ट्रिय राजनीतिमा पर्वतको पहुँचलाई व्यापक रुपमा वृद्धि गर्छौं। यस्तै, केन्द्रीय स्रोत(साधन र शक्तिलाई पर्वतको निम्ति सदुपयोग गर्छौं ।

वाम गठबन्धनका कारण पनि सहयोग हुन्छ?

वाम गठबन्धन हुँदाखेरि हाम्रो क्षेत्रमा माओवादीको भोटमा थप भएको छ जसले बामगठबन्धनलाई विजयी गराउन ठूलो मद्दत गर्नेछ । एमालेका साथीहरुले हसियाँ हथौडांलाई आफ्नै छाप स्म्झनुभएको छ । माओवादी साथिहरुले सुर्य चिन्हलाई आफ्नै छाप सम्झेनु भएको छ । त्यसकारण जनता र बामगबन्धनले भोट हाल्दा जित टाढा छैन । अर्को कुरा बामगठबन्धनपछि जिल्लामा माओवादीका कार्यकर्ताहरुमा उत्साह पनि थपिएको छ । फुटका कारण निराश भएका कार्यकर्ताहरुमा जोश र उत्साह थपिएको छ । भनौ ३० प्रतिशत भोट त बाम बामगठबन्धनकै कारण बढिसकेको अबस्था छ । एमाले र माओवादीको भोट जोड्दा यहाँ नेपाली काँग्रेसको भन्दा निकै बढी हुन्छ ।

यसपटक चाहिँ चुनाव जित्छु भन्ने कुरामा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ?

यसपटक चाहिँ हामी सयमा सय चुनाव जित्छौं। किनभने पाँच महिनाअघि भएको स्थानीय तहको निर्वाचनले पनि जिल्लामा बामगठबन्धनको मत कति छ भन्ने कुरा देखाइसकेको छ । नेपाली काँग्रेसको भन्दा बामगठबन्धनको मत जिल्लाभरी ७ हजारले बढी छ । यस अर्थमा पनि पर्वतमा यसपाली बामगठबन्धनको लाल किल्ला हुनेमा हामी ढुक्क छौं । व्यक्तित्वको हिसाबले जिल्लामा मैले पार्टीको इन्चार्ज हुदाँ जून कार्य गरे, भूकम्प आउँदा मैले खेलेको भूमिका, विकासका लागि खेलेको भूमिका, जनताको हरेक सुख(दुस्खमा मैले जुन सहयोग गरेको छु, यी सबै कुराले मैले चुनाव जित्नेमा कुनै सन्देह छैन ।

पछिल्लो समय चुनाव खर्चिलो बन्दै गएको छ । पर्वतको अवस्था के छ?

चुनाव खर्चबारे कतिपयहरुले धाकै लगाएर खर्च गरिरेको सुन्नमा आएको छ ्। मैले अघिल्लो चोटि पनि अनुभव गरेँ। मैले अघिल्लोचोटि चुनावमा पैसा खर्च गर्न नसकेकै कारण पराजय भएको हुँ । यदी मसँग पैसा भएको भए २०७० को चुनावमा मैलैनै जित्ने थिए होला । यहाँ पैसाको चलखेल गरिन्छ तर यसपाली भने पैसाको तागत सखाप पार्रिन्छ । जनताको मनको तागतलाई हामीले कब्जा गरिसकेका छौं ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने तयारी गरिरहँदा त्यहाँ गएर के गर्छु भन्ने सोच छ ?

प्रदेशसभाको सदस्य भएपछि शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सम्प्रभुता, आवास जस्ता विषयवस्तुलाई हामीले प्राथमिकता दिनेछौं । यसलाई मौलिक हकको रुपमा लेखीसकेका छौ ं। त्यो त कानुन बनेपछि मात्रै कार्यान्वयन हुनेछ भन्ने कुरा पनि राखिएको छ । त्यो अनुसारको कानुन बनाउनुपर्नेछ । कानुन बनाएर मात्रै भएन, स्रोत(साधनको परिचालन गर्नुपर्छ। वाम गठबन्धनले बहुमत ल्याएपछि ५ वर्षे स्थिर सरकार बन्छ। त्यो सरकारमा आफूले प्रतिनिधित्व गर्ने अवसर पाउँदा हामीले अधिकतम उपयोग गरेर स्रोत(साधनको व्यापक प्रयोग गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, कुशासनको अन्त्य गरेर सुशासनको स्थापना गर्ने, राजस्व वृद्धि गर्ने, उद्योगधन्दा कलकारखानाको व्यापक विस्तार गर्ने, आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको विकास गर्ने कुरामा आफ्नो तर्फबाट योगदान र्पुयाउनेछु। साथै, पर्वतलाई केन्द्रीय राजनीतिमा चर्चामा ल्याउने कुरा छँदैछ, स्रोत(साधन र शक्तिको हिसाबले, पर्वत जिल्ला नभै नह्ुने बाध्य बनाउने खालको पहलकदमी गर्ने, भूमिका खेल्ने काम हुन्छ ।