लम्सालले पर्वतको दक्षिणबाट भने–‘चुनाव हार्ने भएपछि कांग्रेसहरुले सदरमुकाम बसेर गठबन्धन विरुद्ध अफवाह फैलाएका छन’

१८ मंसीर, पर्वत । प्रदेश सभाका उमेदावर विकास लम्सालले बामगठबन्धन पछिल्लो समय बलियो बन्दै गएको र जिल्लाका ३ वटै निर्वाचन क्षेत्र जित्ने सुनिश्चित भएपछि नेपाली कांग्रेस र कांग्रेस निकट प्रेस यूनियनका पत्रकारहरुले सदरमुकाम बसेर गठबन्धन विरुद्ध अफवाह फैलाएको बताएका छन ।

सोमबार पर्वतको लिमिठानामा आयोजीत कोणसभालाई सम्बोधन गर्दै लम्सालले अनेकन वितण्डा मञ्चाएर निर्वाचन जित्ने दिवा सपना कांग्रेसले देखेको भन्दै गठबन्धनका उमेदवार वीच कुनै कटुता नरहेको स्पष्ट पारे । फलेवास नगरपालिकाको शंकरपोखरी, लिमिठाना र ठानामौलामा एकै दिन भएका ३ वटा कोण सभालाई सम्बोधन गर्दै लम्सालले बाम एकता देशको आवश्यकता रहेको भन्दै बाम गठबन्धनको विजयी यात्रालाई कुनै दक्षिणपन्थी शक्तिले रोक्न नसक्ने बताए ।

उनले पर्वत कांगेस भित्र चरम असन्तुष्टि र विवाद रहँदै आएकाले आफूहरुको कमजोरीलाई लुकाउन एमाले र माओवादी केन्द्रका नेताहरु वीच विवाद रहेको भन्ने भ्रम र कपोलकल्पित समाचार सम्प्रेषण गरेको प्रति आपत्ती प्रकट गरे । कोण सभामा नेपाली कांग्रेस परित्याग गरी झण्डै ८७ जना कार्यकर्ता शंकरपोखरी, लिमिठाना र ठानामौलाबाट एमालेमा प्रवेश गरेका छन । भने फलेवासको काकिनेटामा पनि झण्डै १८ कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले सचिव पदमपाणी शर्माले बताए ।

  • prabhu-bank-sept26.gif