पर्वतमा मौन अवधी मनि अवधी हुँदै आएको छ – तिमिल्सीना

१८ मंसीर, पर्वत । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य तथा प्रदेश नं ४ का सहसंयोजक गणेश तिमिल्सीनाले पर्वतको निर्वाचनमा सधै मौन अवधीमा मतदाता किनबेच गरेर निर्णायक बन्ने गरेको आरोप लगाएका छन ।

प्रेस चौतारी र प्रेस सेन्टर पर्वतले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै तिमिल्सीनाले मौन अवधीमा मतदातालाई भेडाबाख्रा सरी खरिद गरेर चुनाब जित्ने काम हुँदै आएको आरोप लगाएका हुन ।

‘पर्वतमा मौन अवधी सधै मनि अवधी हुँदै आएको छ’ उनले भने ‘मतदातालाई खरिद गर्ने कुरा रोक्नुपर्छ’  उनले चुनाबको बेला बाम एकताका बिरुद्धमा भ्रम छर्ने काम भैरहेको बताउँदै केन्द्र र प्रदेश सरकार बनाउँन सबै बाम उमेदवारले जित्न आवश्यक भएको बताए । उनले पौषको पहिलो साता चार नम्बर प्रदेशमा बामपन्थीले दुई तिहाई बहुमतको सरकार बनाउने दाबी पनि गरे ।

  • prabhu-bank-sept26.gif