पर्वतका बाम उमेदवारले भने – ‘पदम, नेत्र र बिकासको भोट कुचो काटे जस्तो बराबर आउँछ’

१८ मंसीर, पर्वत । पर्वत जिल्लामा संघिय प्रतिनिधीसभा र प्रदेशसभाका बाम गठबन्धनका उमेदवारहरुले आफु भित्र कुनै घात प्रतिघात नहुने बताएका छन ।
प्रेस चौतारी पर्वत र प्रेस सेन्टर पर्वतले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बाम उमेदवारका बिचमा कुनै घात प्रतिघात नहुने बरु सबै उमेदवारको मत कुचो काटे जस्तो बराबर आउने बताएका हुन ।

प्रतिष्पर्धी उमेदवारहरुले बाम उमेदवारले एक अर्कालाई मत नदिने भन्दै मत मागेपनि आफुँहरुमा कुनै घात र प्रतिघातको संभावना र कल्पना समेत गर्न नसकिने उनीहरुको भनाई थियो । सुर्य चिन्ह माओबादी केन्द्रका कार्यकर्ता र गोलाकार भित्रको हसिँया हथौता नेकपा एमालेका कार्यकर्ताको भएको एक ढिक्का भएर मतदान गर्न पनि उनीहरुले मतदातालाई आब्हान गरेका छन । निर्वाचन पछि पाटी एक हुने भएकाले आफू वीच मतदान गर्नमा कुनै हिच्किचाहट नभएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेको तर्फबाट बाम मोर्चाका प्रतिनिधि सभाका उमेदवार पदम गिरीले राष्ट्रको आवश्यकता पुरा गर्न बाम शक्तिको सरकार आवश्यक रहेको औल्याए । उनले अरु चुनाव भन्दा यो पटकका चुनाव निकै महत्वपूर्ण रहेको भन्दै बाम शक्तिले देशलाई आगामी ५ बर्षमा कायापलट गर्ने गरी विकास योजना तयार गरेको दावी गरे ।

कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट प्रदेश न १ मा उमेदवार बनेका नेत्रनाथ अधिकारीले शासन ब्यवस्था बदलेसंगै देशलाई आर्थिक ब्यवस्थामा लैजानका लागि पनि बाम एकता गरिएको दावी गरे । उनले नेपालीहरु आपस फुटेर होइन जुटेर देशको विकास सम्भव भएकाले देश विकासमा सवै एक हुनुपर्ने धारणा राखे । एमालेको पार्टी कार्यालयमा आयोजीत पत्रकार सम्मलेनमा बाम उमेदवारहरुले एक मनका साथ सूर्य र हसिँया हतौडा चिन्ह्मा मतदान सवैलाई आग्रह गरे ।

  • prabhu-bank-sept26.gif