चुनावी अभियानको क्रममा बाम मोर्चामा २८ सय कार्यकर्ता प्रवेश

१८ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा २ हजार ८ सय जना कार्यकर्ता प्रवेश गरेका छन ।
निर्वाचनको प्रचारप्रसारमा जिल्लाका विभिन्न भागमा नेपाली कांग्रेस, जनमोर्चा र राप्रपा छाडेर झण्डै दुई हजार आठ सय कार्यकर्ता प्रवेश गरेको संयुक्त बामगठबन्धनको सचिवालयले जनाएको छ ।

सचिवालयमा सोमबार आयोजीत संयुक्त बाममोर्चाको पत्रकार सम्मेलनमा नेकपा एमाले पर्वतका अध्यक्ष समेत रहेका प्रतिनिधि सभाका उमेदवार पदम गिरीले यस्तो जानकारी दिएका हुन । चुनावी प्रचारको क्रममा राप्रपा (प्रजातान्त्रिक) जिल्ला अध्यक्ष सहित, नेविसंघका पूर्व जिल्ला अध्यक्ष सहितका कार्यकर्ता एमाले र माओवादीको संयुक्त बोर्चामा प्रवेश गरेका हुन ।
अभियान अन्तर्गत प्रवेश गर्नेहरुले देशमा अग्रगति र परिर्वतन देख्न चाहेका कारण पछिल्लो समय एमाले र माओवादी प्रति सवैको आकर्षण बढेको अध्यक्ष गिरीले बताए । जिल्लामा आयोजीत आम सभामा, गाउँ स्तरीय कोण सभा तथा आमसभा र घरदैलो कार्यक्रममा ती कार्यकर्ताहरु पार्टी प्रवेश गरेको उनले जानकारी दिए ।

  • prabhu-bank-sept26.gif