घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याउन प्रशासन र कांग्रेसको अवरोध

१५ मंसीर, पर्वत । कुश्मा नगरपालिकाको वडा नं १४ आर्थर डाडाँखर्कमा रहेका बृद्धबृद्धा र एकल महिलालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्न नदिएको भन्दै जनप्रतिनिधीले बिरोध गरेका छन ।

संघिय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कारण देखाउँदै सामाजिक सुरक्षाभत्ता बितरण गर्न प्रशासन र नेपाली कांग्रेस समेत मिलेर अबरोध गरेको भन्दै जनप्रतिनिधीले बिरोध जनाएका हुन ।

वडाका जनप्रतिनिधीले शुक्रबार गाउँमै सामाजिक सुरक्षाभत्ता बितरण गर्ने कार्यक्रम बनाएका थिए । त्यसका लागि गरिमा बैंककै पहलमा १३ लाख २८ हजार कुस्मामै सहकारीबाट ऋण सापटी रकम समेत खोजिएको थियो तर आर्थर हिड्ने तयारीमा रहेको गरिमा बिकास बैंकका कर्मचारीलाई अप्रत्यक्ष रुपमा धम्की दिएर रोक्ने काम गरेको आरोप वडा अध्यक्ष भीमप्रसाद गुरुङ्गले लगाए । बैंकका कर्मचारीलाई भत्ता बाँड्न गएमा त्यसको सुरक्षा नहुने र बाँड्न गएमा नराम्रो हुने धम्की पछि टोली रोकिएको छ । ‘पैसा र गाडी तयार खोजेपछि कतैबाट बैंकका कर्मचारीलाई गाउँमा रकम लिएर नजान धम्की दिएपछि बितरण रोकिएको छ’ अध्यक्ष गुरुङ्गले भने । सहकारीबाट सापटी खोजेको रकम समेत सहकारीकै खातामा साँझ ७ बजे जम्मा गरिएको छ ।

बैंकका कर्मचारीलाई कसले धम्की दियो भनेर बैंककले खुलाएको छैन । शाखा प्रबन्धक प्रेमनारायण अर्यालले गाउँमै पुगेर बितरण गर्न अहिलेलाई समस्या परेको बताए । साँझ सम्म आर्थर जानका लागि पैसा र कर्मचारी तयार पारेका अर्यालले कसले धम्की दियो भन्ने कुरा खुलाउन चाहेनन । ‘गाउँ नजान प्रेसर आयो’ उनले भने ‘यस्तो दोहोरो प्रेसरमा जोखिम उठाउन सकिएन’

सामाजिक सुरक्षाभत्ता बितरण गर्ने कार्यलाई आचारसंहिताले नरोक्ने भएपनि राजनैतिक कारण देखाएर बैंकका कर्मचारीलाई गाउँ जान नदिएको वडा अध्यक्ष भीम गुरुङ्गले जानकारी दिए । प्रशासन र नेपाली कांग्रेसका जिल्ला र स्थानिय तहका नेताको दबाबमा गाउँका बृद्धबृद्धाहरुलाई घरघरमै रकम पु¥याउने योजना चुनाब अघि सफल हुन नदिएको उनको दाबी छ । स्थानिय प्रशासन, नगरपालिका समेत गाउँमा लगेर बाँड्ने कुरामा पहिले देखि नै नकारात्मक रहेको र यसपटक अन्तिम समयमा रोकिदिएको उनले बताए । नगरपायिसले गर्दा गाउँमा बसेका बृद्धहरुले फेरी कुस्मा आउन पर्ने अवस्था नआओस भनेर मंसिर २१ मा चुनाब सकिएपछि फेरी गाउँमै पुगेर घरघरमै पु¥याइने अध्यक्ष गुरुङ्गले बताए ।

जनप्रतिनिधीले गाउँमा बस्ने २ सय २४ जना बृद्धबृद्धा र एकल महिलाको पासबुक र चेक जम्मा गरेका छन । वडा बाहिर पोखरा , काठमाण्डौ बस्ने बृद्धबृद्धा र एकल महिलाहरुले भने बैंकबाट नै रकम बुझ्ने गरि खातामा पठाइएको छ । कुस्मा नगरपालिकाले अन्य वडामा सामाजिक सुरक्षा भत्ताको रकम बितरण भैसक्दा पनि वडा नं १४ मा भने अपुग रकम बैंकमा राखेका कारण सामाजिक सुरक्षाभत्ता बितरण हुन सकेको थिएन ।उक्त वडाका लागि ४० लाख रुपैया लाग्ने भएपनि ३० लाख मात्रै निकासा दिदा लामो समय भत्ता पाउन सकेका थिएनन । एक हप्ता पहिले मात्रै थप १० लाख रुपैया निकास दिएपछि बृद्धबृद्धा र एकल महिलाको खातामा रकम जम्मा भएको छ ।

  • prabhu-bank-sept26.gif