दोहोरी गाउँदै मत माग्दै कांग्रेस नेता जोशी

१२ मंसीर, पर्वत । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै जाँदा उमेदवारहरु मतदातालाई फकाउन ब्यस्त छन । मतदाता प्रभावित गर्न योजनाहरुको मौखिक आश्वासन दिने दिने विभिन्न प्रलोभनहरु देखाउने पनि गरीरहेका छन । जिल्लामा मुख्य गरी बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा हुने भएको छ । दुवै गठबन्धनका नेताहरु मतदातालाई प्रभावित गर्ने गतिविधिहरु सञ्चालान गरीरहेका छन ।

यसैवीच लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका अर्जुन जोशीले एक गाउँमा रातको समयमा लोक दोहोरी गीत गाउँदै मत मागेको तस्विर सार्वजनिक भएको छ । उनीसंगै प्रदेश क्षेत्र न १ का उम्मेदवार नवराज गुरुङ पनि छन । यस अघि पनि सांस्कृतिक क्षेत्रमा रुचि देखाउँदै वस्तीस्तरमा गीत गाउँदै हिड्ने गरेका जोशीले विकास योजनामा भन्दा गायन क्षेत्रमा ब्यस्त हुने गरेको आरोप लाग्दै आएको छ ।

जिल्लाको जलजलागाउँपालिकाका एक गाउँमा मतदाताहरु वीच रातको समयमा बादल बजाउँदै दोहरी गीतमा सक्रिय भएका जोशीले गीत मार्फत नै १८ बर्षमा जिल्लामा निकै ठूलो परिर्वतन गरेकाले पुनः मतदान गर्न आग्रह गरेको श्रोत बताउँछ ।

  • prabhu-bank-sept26.gif