‘परिर्वतन चाहनेहरुले बामगठबन्धनलाई मतदान गर्नेछन’–गृुरुङ

११ मंसीर, पर्वत । नेकपा एमालेका केन्द्रिय सदस्य विजय गुरुङले परिर्वतन चाहनेहरुले अव बामगठबन्धनमा मतदान गर्ने उद्घोष गरेका छन । जिल्लाको फलेवास नगरपालिकामा आयोजीत कार्किनेटा र भंगराको कोणसभालाई सम्बोधन गर्दै नेता गुरुङले देशमा अग्रगामी परिर्वतन देख्न चाहनेहरुले बामगठबन्धनका चिन्ह्मा मतदान गर्न अनुरोध गरेका हुन ।

नेकपा एमालेको तर्फबाट प्रदेश न ४ को प्रदेश सभाको समानुपातिक सदस्यका उमेदवार समेत रहेका गुरुङले लामो समय देखि पूरा कार्यकालको कम्युनिष्ट सरकार नहुँदा देशले विकासको गति लिन नसकेको भन्दै बामगठबन्धनलाई मतदान गर्न आग्रह गरे । नेता गुरुङले कोणसभालाई सम्बोधन गर्दै दलित, आदीबासी र सिमान्तकृत जनसमुदायको अधिकारलाई स्थापीग गराउनका लागि समेत बाम शक्तिको देशमा आवश्यकता रहेको औल्याए ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उमेदवार बनेका पदम गिरीले कोण सभालाई सम्बोधन गर्दै जेष्ठ नागरिक, अपांग, सुत्केरीको संरक्षण र सम्बद्र्धनका लागि पनि देशमा बाम सरकार आवश्यक रहेको बताए । उनले बर्षेनी लाखौं यूवा विदेश पलायन हुँदै गईरहेकोले त्यसलाई रोक्नका लागि पनि बामशक्तिले देशमा जित्नुपर्ने धारणा राखे । आफूले पर्वतमा ठूला र दिर्घकालीन महत्व राख्ने योजना कार्यान्वयन गर्ने सपना नदेखेको भन्दै बामगठबन्धनको सरकारले नै ति योजना पूरा गर्ने उनले दावी गरे ।

कार्यक्रममा प्रदेश न २ का प्रदेश सभाका उमेदवार एव्म पूर्व सांसद विकास लम्सालले शुरुवात गरेका विकासका योजनाहरु पुरा गर्न पनि आफ्नो जीत सुनिश्चित हुनुपर्ने धारणा राखे । उनले बाजा समूह देखि महिला र सांस्कृतिक समूहलाई समेत आफूले सांसद हुँदा सहयोग गरेको भन्दै निर्माणधिन मोटरबाटोका योजनाहरु पुरा गर्ने गरी आफूले योजना बनाएको र सक्रिय संसदीय भूमिका निर्वाह गरेकाले आफूलाई क्षेत्र न २ का जनताले बिजयी गराउने उद्घोष गरे ।