योजनाका ४ हजार चाङबाट ४ बर्षमा, पूर्व सांसद लम्सालले शुरुवात गरेका ४ उत्कृष्ट योजना (समाचार टिप्पणी)

८ मंसीर, पर्वत । दोस्रो संविधान सभाको निर्वाचनमा पर्वत क्षेत्र न २ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित पूर्व सांसद विकास लम्सालले आफ्नो क्षेत्रमा दिर्घकालीन उत्कृष्ट केहि योजनाहरुको शुरुवात गरेका छन । नेकपा एमाले पर्वतको जिल्ला अध्यक्ष रहेकै बेला सांसद पदमा पुगेका लम्साल यस अघि पनि जनप्रतिनिधिको रुपमा २०५४ सालको स्थानी निकायमा निर्विरोध निर्वाचित जनप्रतिनिधि हुन । उनी त्यसबेला खानीगाउँ गाविसका अध्यक्ष बनेका थिए । त्यसको झण्डै १५ बर्षपछि दोस्रो पटक जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि लम्सालको काँधमा क्षेत्र न २ को विकास योजनाको जिम्मा आइपरयो । संविधान निर्माणका लागि सभासद संगै प्रतिनिधि सभाको सांसद बनेका लम्साल सामु ४ हजार बढि योजनाका लिस्ट तयार भयो । पहिलो संविधान सभाको निर्वाचनमा निर्वाचित सांसद गुणाखर बस्यालले कार्यकाल नसकिँदै आफ्नो पद त्यागेका कारण पनि क्षेत्र न २ संसदीय राजनीतिमा पछाडी परेको थियो । त्यस अघिका नेताहरु समेत पद सकिएसंगै सक्रिय राजनीतिमा पलायन हुने गरेको समस्या कारण जनतामुखी नेताको स्थानीयले खोजी गरीरहेका बेला लम्साल सामु अवसर र चुनौति दुवै खडा भएका थिए । सांसद बनेको एक महिना भित्रै सवै गाउँ डुलेपछि उनले आफूसंग ४ हजार योजना स्थानीयको मागमा रहेको बताउँदै आएका थिए । सिमित श्रोतका वीच धेरै योजनाहरु संवोधन गर्न समस्या देखेका लम्सालले सडक, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रलाई प्राथामिकता क्षेत्र निर्धारण गरेका थिए ।

सांसदको भूमिकामा रहँदा योजनाको माग धेरै हुने र सवै माग बमोजीमका योजनाहरु सम्बोधन गर्न समस्या हुने भएकाले अधिकांश साना र टोल स्तरीय मागहरु अझै थाती रहेको लम्साल बताउँछन । भौगोलिक हिसावले दक्षिण क्षेत्रमा पर्ने क्षेत्र न २ मा लम्सालले आफ्नो पहलमा शुरुवात गरेका केहि कार्यक्रम, र योजनाहरु छन जसले उक्त क्षेत्रमा दिर्घकालीन रुपमा उक्त क्षेत्रका बासिन्दाले फाइदा लिनसक्नेछन ।

दोविल्ला–फलेवास सडक कालोपत्रे

जिल्लाको क्षेत्र न २ लाई सदरमुकामसंगबाट जोड्ने महत्वपूर्ण सडक दोविल्ला–साइकलचोक–फलेवास सडक हो । यो सडकले फलेवास नगरपालिकाका अधिकांश वडा र पैयू, महाशिला तथा विहादी गाउँपालिका स्थानीय पुरै लाभान्वित हुन्छन । उक्त सडकको ट्रायक खनिएको र ग्रामीण पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजनाको सहयोगमा सडकको स्तरोउन्नती भएको भएपनि कालोपत्रे भएको थिएन । सडक कालोपत्रे नहुँदा मुख्यगरी बर्षातको यात्रा निकै कष्ठकर थियो । सरकारको एक निर्वाचन क्षेत्र एक कालोपत्रे सडक कार्यक्रममा सांसद लम्सालले उक्त सडक कालोपत्रे हुने गरी योजना सरकारलाई सिफारिस गरे । सोहि बमाजीम उक्त सडकको झण्डै ३ किलोमिटर सडक कालोपत्रे भईसकेको छ भने अन्य खण्डमा काम भईरहेको छ । उक्त सडक दोविल्ला देखि फलेवाससम्म कालोपत्रे हुनेछ ।

कालीगण्डकी लोकमार्ग

कालीगण्डकी करिडोर पर्वत खण्डबाट बागलुङमा सरेसंगै पर्वतबासी त्यसको मारमा परेका थिए । उत्तर र दक्षिण जोड्ने महत्वपूर्ण सडकको रुपमा रहेको कालीगण्डकी करिडोर राजनैतिक पहँुचका आधारमा बागलुङ खण्डमा गएसंगै पर्वत जिल्लाको भागमा भने कालीगण्डकी लोकमार्ग राष्ट्रिय गौरबको आयोजनामा परेको थियो । यद्यपि उक्त सडकमा बजेट विनियोजन हुन नसक्दा निर्माण कार्य भने बन्द भएको थियो । सांसद लम्सालले क्षेत्र न २ मा अधिकांश खण्ड पर्ने कालीगण्डकी लोकमार्गको निर्माण कार्यलाई अगाडि बढाउन विशेष पहल गर्दै सरकारसंग बजेट विनियोजनमा महत्वपूर्ण भूमिका खेले । हाल उक्त सडकको निर्माण कार्य जारी छ । सडकको अधिकांश ट्रायक खोल्ने कार्य सकिएको छ भने सडक खण्डको मुडिकुवा खण्डमा काम भईरहेको छ । सोहि आयोजना अन्तर्गत मोदीवेनीमा मोटरेवल पुलको पनि निर्माण कार्य जारी छ । उक्त सडक निर्माण सम्पन्न हुँदा जिल्लाको दक्षिणी क्षेत्रलाई जिल्लाको सदरमुकाम र उत्तरी क्षेत्रमा जोड्न सहज हुनेछ भने देशको उत्तरको चीन र दक्षिणको भारत यात्रा सहज हुनेछ ।

एम्बुलेन्स सेवा

अधिकांश गाउँहरु ग्रामीण क्षेत्रमा रहेको क्षेत्र न २ मा स्वास्थ्य उपचारमा निकै सास्ती छ । गाउँमा हुने आकस्मिक विरामीहरुलाई उपचार गराउन कुश्मा, पोखरा र वालिङ लैजान डोकोमा बोकाएर लैजानुपर्ने बाध्यतालाई हटाउन लम्सालले सवै गाउँपालिकाहरुमा कम्तिमा एउटा एम्बुलेन्स उपलब्ध गराउने प्रण पुरा गरेका छन । उनले विभिन्न ब्यक्ति, संस्था र श्रोतको पहिचान गरी विहादी गाउँपालिका, पैयू गाउँपालिका, कुश्माको ठुलिपोखरी र महाशिला गाउँपालिकामा एम्बुलेन्स भित्राउन महत्वपूर्ण भूमिका खेले ।

जेष्ठ नागरिक सम्मान

कम्युनिष्ट शासनसंगै बृद्धहरुको अपमान हुने हल्लालाई निस्तेज पार्दै एमालेको ९ महिने सरकारले अबलम्बन गरेको जेष्ठनागरिक सम्मान अभियानलाई लम्सालले पनि निरन्तरता दिए । उनले सवै जसो वडामा पुगेर जेष्ठ नागरिकलाई सम्मान गर्ने र आत्मिय ब्यवहार प्रदर्शन गर्दै उनीहरुलाई सामाजिक सम्मान प्रदान गरेका छन । विकसित राष्ट्रमा जेष्ठ नगारिकको जिम्मा सरकारले लिँदै आएपनि नेपालमा हालसम्म सरकारले त्यस्तो योजना सार्वजनिक गर्न सकिरहेको छैन । सामाजिक सुरक्षा भत्ताको नाउँमा मासिक सामान्य रकम दिने बाहेकका योजना सरकारले नल्याए पनि लम्सालले उनीहरुको आत्मसम्मानको योजना कार्यान्वयन गरे ।

पञ्चेबाजा संरक्षण र संस्कृति प्रवद्र्धन

नेपाली मौलिक संस्कृति र परम्परालाई जोगाउँदै सांसद लम्सालले ४ बर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्र रहेको २२ वटा गाउँका पञ्चेबाजा समूहलाई संरक्षण, प्रवद्र्धन र विस्तार गर्न समेत टेवा पुराएका छन । सांसद लम्सालले पञ्चेबाजाको संरक्षणका लागि समूहगत ड्रेस र बाजा खरिदमा सहयोग गरे । साथै, भजन मण्डली र भजन समूहहरुमा समेत उनले यो अवधिमा सहयोग पुराउदै नेपाली संस्कृति जगेनार्थ विशेष भूमिका खेले ।

पर्यटन प्रवद्र्धनका लागि पैदल मार्ग

पर्यटकीय सम्भावनायुक्त निर्वाचन क्षेत्रमा हालसम्म पनि पर्यटनकीय सम्भावनाको लागि पहल नभएको अवस्थमा पर्यटकीय सम्भावनाको विकासका लागि डहरेलेक, बच्छेश्वर, शालीग्राम शिला लगाएतका पर्यटकीय क्षेत्रमा पैदल मार्ग निर्माण गरिएको छ । सांसद लम्सालले क्षेत्र न २ को पर्यटकीय सम्भावनायुक्त क्षेत्रहरुको खोजी गर्ने अभियानमा अन्तर्गत पैदल मार्ग निर्माण र पर्यटकीय क्षेत्रहरुको संरक्षण सुधारमा विशेष भूमिका खेलेका छन ।

महिला समूह प्रवद्र्धन तथा सहयोग

आफू सांसद बने पछि सांसद लम्सालले निर्वाचन क्षेत्रका सवै वडाका महिला समूहहरुलाई भौतिक सहयोग पुराएका छन । उनले महिला समूहहरुलाई सामूहिक कार्यमा लाग्ने उत्प्रेरणा जगाउनका लागि टेण्ट र भाडावर्तनको सहयोग गरे । सामुहिक र सामुदायिक कार्यका लागि महिलाहरुलाई सक्रिय बनाउनका लागि आफ्नो क्षेत्रमा प्रत्येक वडाका एउटा समूहका दरले भौतिक सहयोग उपलब्ध गराएका छन ।

४ बर्षे कार्यकालमा हजारौं योजनाहरु जनताले मागे पनि ति सवै पुरा गर्न नसकेका लम्साल भन्छन–‘साना र टुक्रे योजना भन्दा दिर्घकालीन योजनाले सवैलाई फाइदा पुग्छ ।’ जिल्लाको विकास योजनाको १० बर्षे गुरुयोजना निर्माण गर्ने र युवाहरुलाई स्वरोजगार बनाउन उनले यो अवधिमा पहल गरेका छन । युवा स्वरोजगार कार्यक्रममा कृषि र पशुपालक कृषकहरुलाई योजना सहयोगको पनि शुरुवात गरे । केहि योजनाहरु कार्यान्वयनमा देखिएको समस्यालाई सुधार्दै आफ्ना महत्वकाक्षीहरुको चाङबाट उनले सञ्चालन गरेका यी योजनाहरुले उक्त क्षेत्रका अधिकांश जनता लाभान्वित हुनेछन ।

आगामी मंसीर २१ गते हुने निर्वाचनमा पनि दोस्रो पटक उमेदवार बनेका छन । २०७० साल पछि आफूले सञ्चालन गरेका योजनाहरु पुरा गर्न र निर्वाचन क्षेत्रका आवश्यकताहरु पुरा गर्न कटिबद्ध रहने उद््घोषका साथ उनी चुनावी मैदानमा छन ।  -समाचार टिप्पणी

  • prabhu-bank-sept26.gif