पाँच वर्ष भित्रमा कुश्मादेखि टकलाकसम्मको सडक कालोपत्रे : गिरी

पर्वत, ३ मंसिर । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचार प्रसारमा जुटेको बाम गठवन्धनका उम्मेदवारमहरुले आईतवार जिल्लाका चार स्थानमा चुनावी सभा सम्पन्न गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा सदस्य पर्वत खका उम्मेदवार विकास लम्सालको संयुक्त चुनावी सभा तथा घरदैलो र कोण सभा दक्षिण पर्वतका बेउलीवास, हुवास र त्रिवेणीमा सपन्न भएको छ । विहान त्रिवेणी स्थित अर्थुनबजारमा घरदैलो र कोणसभा गरेका उनहरुले दिउँसो बेउलीवासको दुर्लुङ्ग र दिँउसो हुँवासको धरमपानीका कोणसभा सम्पन्न गरेको छ ।
कोण सभालाई सम्वोधन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले मुलुकको अग्रगामि विकास नेपाली काँग्रेसबाट सम्भव नभएको इतिहासले समेत देखाएको बताउँदै गिरीले अब बाम गठवन्धनको विकल्प नसोच्न समेत आग्रह गर्नुभयो । गिरीले आगामी पाँच वर्ष भित्रमा कुश्मादेखि टकलाक सम्मको सडक कालोपत्रे गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्लाको सदरमुकामबाट वर्षका अधिकांस समय सम्पर्क विहिन जस्तै बनेको दक्षिण क्षेत्रमा बाह्रैमास र सहज सडक सुविधाका लागि उक्त सडकलाई पहिलो प्राथमिकतामा कालोपत्रे गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले समग्र जिल्लाको एक एक गरी विकास गर्नका लागि आफुलाई बिजयी गराउन समेत आग्रह गर्नुभयो । उहाँले ह्दयघातका कारण आज विहान निधन हुनुभएका माअ‍ोवादी नेता प्रकाश दाहालप्रति दुःख प्रकट गर्दै सिङ्गो बाम गठवन्धनलाई अपुरणिय क्षति पुगको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य पर्वत ख का उम्मेदवार विकास लम्सालले क्षेत्र नम्वर दुईलाई समृद्ध क्षेत्र र मुलुककै नमुनाको रुपमा विकास गर्नका लागि विकास लम्सालाई सुर्य चिन्हमा मतदान गरेर बिजयी गराउन आग्रह गर्नुभयो । उहाँले दुईचार रुपैयाको धाकधम्की देखाउँने र टुरिष्ट उम्मेदवारको भुलभुलैयामा नपर्न समेत मतदातालाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, एमाले नेता मित्रलाल बस्याल, जिल्ला कमिटि सदस्य उमाकान्त सुवेदी लगायतले बोल्नुभएको थियो । बेउलीबासमा भएको कार्यक्रमको अध्यक्षता विष्णु काफ्ले र संचालन टुकनारायण काफ्लेले गर्नुभएको थियो । कार्यक्रममा सयौ स्थानियको सहभागिता रहेको थियो ।
त्यस्तै प्रदेश सभा सदस्य क्षेत्र नं. १का उम्मेदवार नेत्र अधिकारीको चुनावी प्रचार प्रसार कार्यक्रम राम्जामा सम्पन्न भएको छ । बाम गठवन्धनको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको निधन भएको शोकमा माईक, फुलमाला र अविर नलगाई कार्यक्रम गरिएको हो । कार्यक्रममा उम्मेदवार अधिकारी, माओवादीका केन्द्रिय सदस्य गुप्त हमाल र एमाले पर्वतका उपसचिब गोविन्द पहाडि लगायतले सम्वोधन गर्नुभएको थियो । अधिकारीको चुनावी कार्यक्रम भोली चित्रेमा हुने भएको छ ।
  • prabhu-bank-sept26.gif