कुश्माको गुप्तेश्वर गुफाका पुजारीको शंकास्पद मृत्यु

४ मंसीर, पर्वत । जिल्लाको सदरमुकाममा रहेको गुप्तेश्वर गुफाका सहायक पुजारीको संस्कास्पद मृत्यु भएको छ । जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ६० बर्षिया गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको । शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घिमिरेले अनुसन्धान पछि मात्रै हत्या, आत्महत्या वा स्वभाविका मृत्यु हो भन्ने बारेमा बताउन सकिने बताए । अहिल गुप्तेश्वर गुफा परिसरमा मानिसहरुको भिड लागेको छ ।

  • prabhu-bank-sept26.gif