१० करोडको कुल पूँजीमा कुश्मामा पहिलो इन्भेष्टमेन्ट कम्पनीको कारोबार शुरु

३ मंसीर, पर्वत । १० करोड ७५ लाखको संचित पुँजीमा कुश्मामा पहिलो इन्भेष्टमेण्ड कम्पनीले आइतबार देखि औपचारिक कारोबार शुरु गरेको छ ।
जिल्लाका ४३ जना ब्यवसायीहरुको लगानीमा स्थापना भएको कम्पनीले आइतवार देखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

छरिएर रहेको पूँजीलाई एकीकृत गरी विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यले कुश्माबजारका उद्योगी, व्यावसायीको लगानीमा गुप्तेश्वर इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड संचालनमा आएको हो । कुश्माबजारका ४३ जना उद्योगी व्यावसायीहरुले रु २५ लाखका दरले संकलन गरेको रु १० करोड ७५ लाख को लगानीमा कम्पनी संचालनमा ल्याईएको हो ।

यो धौलागिरि अञ्चलकै पहिलो नमुना कम्पनी रहेको संचालकको दावी रहेको छ । जिल्लामा रहेका रुग्ण उद्योगहरुको संचालन तथा अन्य नाफामुलुक व्यावसायमा लगानी गर्ने उद्धेश्यले यो कम्पनी संचालन गरिएको कम्पनीका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । अहिले मुख्य कार्यालयवाट मात्र कारोबार संचालन गर्ने र भविष्यमा विविभिन्न शाखाहरु थप गर्दै जाने पनि उक्त कम्पनीको लक्ष्य रहेको छ । विभिन्न उद्योग, घर जग्गा, सवारी साधन लगायतका क्षेत्रमा कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले अधिकतम १८ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्ने जानकारी दिएको छ ।

 

  • prabhu-bank-sept26.gif