‘पर्वतको सुरक्षा व्यवस्था सन्तोषजनक’

३ मंसीर, पर्वत । पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पर्वतको सुरक्षा व्यवस्था सन्तोष जनक भएको बताएका छन् । छिमेकी जिल्ला बागलुङ, म्याग्दी लगायतका स्थानहरुमा उम्मेदवार लक्षित गरी बम प्रहार गरिरहेको सन्दर्भमा पर्वतमा त्यो अवस्था नरहेको र सुरक्षा व्यवस्था सन्तोषजनक रहेको बताएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतको आयोजनामा आसन्न निर्वाचन सम्बन्धि जिल्लामा क्रियाशिल सञ्चारकर्मी सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पन्थीले निर्वाचन सुरक्षाका निम्ति नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन ओटै निकायलाई परिचालन गरिएको बताए । उनले सुरक्षा चुनौतीको सामना गर्न हरेक दिन सुरक्षा संयन्त्रको छलफल गरी सुरक्षा योजना निर्माण गर्ने र कार्यन्वयन गर्दै आएको बताए ।

कार्यक्रमका अवसरमा बोल्दै पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश तथा मुख्य निर्वाचन अधिकृत ध्रुबप्रसाद सापकोटाले सञ्चारक्षेत्र संयमित भएर निर्वाचन सम्बन्धि कलम चलाउन आग्रह गरेका थिए । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि पर्वतमा ७४ मतदान स्थल तोकिएको छ भने १ लाख ७ हजार मतदाता पर्वतमा रहेका छन् ।

  • prabhu-bank-sept26.gif