एमाले अध्यक्ष ओलीले कुश्मामा आएर भने -“पोखरा देखि कुश्मा हुँदै वेनीसम्म रेल चल्नसक्छ”

३० कार्तिक, पर्वत । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा नेपालमा कहिल्यै पनि नाकाबन्दी हुन नसक्ने बताएका छन ।
संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति पर्वतले कुस्माबजारमा आयोजना गरेको चुनाबीसभालाई सम्बोधन गर्दै उत्तर र दक्षिणका नाका खोलिएका कारण अब नेपालमा नाकाबन्दी हुनै नसक्ने बताएका हुन ।

बाम गठबन्धनले चुनाब जितेपछि नाकाबन्दी हुन्छ भनेर हौवा फैलाइएको बताउँदै अध्यक्ष ओलीले भने ‘उत्तर दक्षिणका नाका खोलिएका छन, कसैले चाहेर पनि नाकाबन्दी हुन सक्दैन ’ उनले उत्तर तर्फ खोलिएका नाकाहरु पुग्ने मोटरबाटो अब पक्की बनाएपछि उत्तर दक्षिणमा सहज ब्यापार गर्न सक्ने उनको भनाई थिए । ओलीले आफुँ प्रधानमन्त्री हुँदा मुस्ताङ्ग र तीब्बत जोड्ने कोरल्ला नाका पुग्ने बाटोका लागि ३ अर्ब ६० करोड रुपैया बजेट समेत बिनियोजन गराएको बताउँदै ३ बर्ष भित्र कालोपत्रे गरि सक्ने आश्वासन पनि दिए ।

मध्यपहाडी लोकमार्ग पुरा भएपछि यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा ठुलो परिर्वतन ल्याउँदै उनले काठमाण्डौ देखि पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने बताए । ‘पोखरा सम्म आउने रेललाई कुस्मा हुँदै बेनी पु¥याउने छौ’ उनले भने ‘यसका लागि केही बर्ष मात्रै लाग्छ’
उनले बामपन्थीहरुको एकताबाट आत्तिएको कांग्रेसले कम्युनिष्टहरु सत्तामा आएपछि अधिनायकबाद आउँछ भनेर भ्रम फैलाएको आरोप पनि लगाए ।

उनले बाम गठबन्धनले निर्वाचन जितेपछि लोकतन्त्र सुदृढ गरिने आश्वासन पनि दिए । उनले बाम गठबन्धनले मुलुकमा शान्ति, सुशासन, बिकास र सम्बृद्धि ल्याउने बताए । ‘देशले खोजेको लोकतन्त्र, शान्ति, बिकास, सुशासन र सम्बृद्धि सबै बाम गठबन्धनले दिन्छ’ उनले भने । कांग्रेसले समाजबाद बिसीसकेको आरोप पनि उनले लगाए ।

  • prabhu-bank-sept26.gif