२२ कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जिल्लाको कुश्मा नगरपालिकाबाट मात्रै ८ जना उमेदवार बनेका छन । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ नेकपा एमालेका पदम गिरी संयुक्त बाम गठबन्धनबाट उमेदवार बनेका छन उनी कुश्माको दुर्लुङका बासिन्दा हुन ।
यसैगरी कांग्रेसको तर्फबाट कुश्मा नगरपालिका शिवालयका अर्जुन जोशी प्रतिनिधि सभाको उमेदवार बनेका छन । प्रतिनिधि सभाको समानुपातिकका लागि पनि कुश्माको दुर्लुङका लालकाजी गुरुङ नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका छन ।
यसैगरी प्रदेश सभाको प्रत्यक्ष सभा तर्फ कुश्मा नगरपालिका पाङका नेत्र अधिकारी संयुक्त बाम गठबन्धनको माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका छन भने कुश्माको दुर्लुङका नवराज गुरुङ पनि प्रत्यक्ष तर्फ नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका छन ।
उता, कुश्माकै भोलानाथ शर्मा पनि नेकपा एमालेको तर्फबाट प्रदेश सभाको लागि समानुपातिक तर्फका उमेदवा बनेका छन । यसैवरी समानुपातिक तर्फ माओवादी केन्द्रको तर्फबाट मनरुपा सुवेदी र एमालेको तर्फृबाट जुनादेवी नेपाली प्रदेश सभाका लागि उमेदवार बनेकी छिन । जिल्लामा कुल प्रत्यक्ष तर्फ २८ जनाको उमेदवारी परेको छ । २८ जना मध्ये शक्ति केन्द्रको रुपम रहेका बाम गठबन्धन र नेपाली कांग्रेसको तर्फबाट संघमा ३ जना र प्रदेशमा ५ जना उमेदवार बनेका छन ।