प्राविधिक अभावले भुकम्प पछिको पुननिर्माण पर्वतमा अस्तब्यस्त

६ कार्तिक, पर्वत । आवश्यक प्राविधिक जनशक्ति नहुँदा पर्वतमा भुकम्पपछिको पुर्ननिर्माण अस्तब्यस्त बनेको छ । दक्ष प्राविधिक नहुँदा पूर्ण रुपमा क्षति पुगेका पर्वतका लाभग्राहीहरुलाई घर निर्माण कार्य शुरु गर्न सकेका छैनन ।

पर्वतमा ५ हजार २ सय ६९ परिवार भुकम्पबाट पूर्ण प्रभावित छन । जसमध्ये हालसम्म ४ हजार ७० जनाले पहिलो किस्ताको रकम भुक्तानी लिई सकेका छन भने ४ हजार ३ सय ५० जनाले सम्झौता गरिसकेका छन ।

बाँकी ९ सय ९० लाभग्राहीको विभिन्न कारणले सम्झौता हुन नसकेको खबर आजको कारोबार दैनिकले छापेको छ ।

  • prabhu-bank-sept26.gif