पर्वतमा ७४ वटा मतदान स्थल

६ कार्तिक, पर्वत ।  आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको माहौल पर्वतमा दिन प्रतिदिन बढ्दै गएको छ । निर्वाचनका लागि सवै पक्षले आ–आफ्नो तयारी समेत पारेका छन् ।

आगामी निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्नका लागि जिल्लामा क्रियाशिल दलहरु सक्रियत बनेका छन् नै समग्र निर्वाचनको तयारीमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । उता प्रहरीले म्यादी प्रहरी छनौट कार्य शुरु गरेको छ । म्यादी प्रहरीमा भर्ना हुनका लागि एक हजार तीन सय भन्दा बढिले आवेदन समेत दिएका छन् भने अहिले छनौट कार्य शुरु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले यतिवेला मतदान स्थलको व्यवस्थापनका लागि तयारीहरु गरेको छ । आगामी निर्वाचनमा पनि पर्वतमा ७४ वटै मतदान स्थल राखिने तयारी भैरहेको छ । स्थानिय तहको निर्वाचनमा पनि जिल्लाका सातवटै तहमा गरी ७४ वटा मतदान स्थल तोकिएको थियो ।
राजनीतिक दलहरुले उम्मेदवारको नामावली टुंगो लगाएर केन्द्रमा पठाईसकेका छन् भने मतदातालाई आफ्नो प्रभावमा पार्नका लागि गाउँ अभियान संचालन गर्ने तयारी समेत गरेका छन् ।

त्यस्तै मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकिएको छ । पर्वत जिल्ला अदालतका न्यायधिशलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ भने यहि कात्तिक ९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । मतदाता शिक्षा कार्याक्रम भने यहि कात्तिक २१ गतेदेखि जिल्लाका ६१ वटै वडामा संचालन गरिने जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिुनभयो ।

  • prabhu-bank-sept26.gif