आन्तरीक आय बढाउँदै महाशिला गाउँपालिका, पहिलो चौमासिकमा ६ लाख संकलन

५ कार्तिक, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले आन्तरीक आय बृद्धि अभियान सञ्चालन गरेको छ । राज्यको पुर्नसंरचनासंगै स्थानीय तहहरु सञ्चालनका लागि आन्तरीक श्रोत ब्यवस्थापनको ठूलो समस्या देखिएको बेला महाशिला गाउँपालिकाले भने योजनाबद्ध आय बृद्धिको अभियान सञ्चालन गरेको हो ।

भूगोलको हिसाबले जिल्लाको मध्य दक्षिण क्षेत्रमा रहेको गाउँपालिका बजार, नदीनाला र राजमार्गबाट टाडा रहेको छ । गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेल भन्छन–‘महाशिलाको ठूलो चुनौति आन्तरीक आय संकलन हो ।’ पर्वतबाट प्रकाशित आजको अर्थ वीट साप्ताहिकले अगाडि लेख्छ –‘सामान्य सिफारिस दस्तुरलाई कडाई गर्दा मात्रै पहिलो चौमासिकमा झण्डै ६ लाखको हाराहारीमा आन्तरीक आय संकलन भएको छ ।’

घोषित रुपमा कृषि कर, सवारी कर, सम्पत्ति कर भने गाउँपालिकाले नलगाएको बताउँदै पौडेलले संकलन भएको रकमलाई ब्यवस्थित गर्दा मात्रै आय बृद्धिमा सफलता मिलेको छ ।

चालु आर्थिक बर्षमा झण्डै २७ लाख संकलन गर्ने गरी गाउँसभाबाट निर्णय भएको बताउँदै पौडेलले लक्ष्य पुरा हुने विश्वास ब्यक्त गरे खबर आजको अर्थ वीट साप्ताहिकमा छ ।

 

  • prabhu-bank-sept26.gif