कुश्माको शिवालय माविका दृष्टिविहिन विद्यार्थीलाई प्रवासीको १० लाख सहयोग

३ कार्तिक, पर्वत । पर्वतको कुस्माबजार स्थित शिबालय माबिमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षाका लागि पर्वत वेलफेयर सोसाइटीले १० लाख आर्थिक सहयोग गरेको छ । आर्थिक अभाब झेल्दै आएका दृष्टिबिहीनको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले सोसाइटीले दश लाख रुपैयाको अक्षयकोष स्थापना गरेको हो ।

सोसाइटीका तर्फबाट दश लाख रुपैयाको चेक बिद्यालयलाई बिहीबार हस्तान्तरण गरिएको छ । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवासिय नेपाली संघका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्य, गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय संयोजक पुरन गिरी, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष दधि आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ्ग लगायतले बिद्यालयका अध्यक्ष इश्वर गिरी र प्राचार्य भुपेन्द्र चापागाईलाई हस्तान्तरण गरेका छन ।

‘आर्थिक स्रोतको अभाबमा दृष्टिबिहीन बिद्यार्थीले आवासिय रुपमा होस वा शैक्षिक सामाग्री कै किन नहोस शिक्षाबाट बञ्चित हुन नपरोस भनेर सहयोग गरेका हौ’ सोसाइटीका अध्यक्ष दधि आचार्यले भने ‘अक्षयकोषको ब्याजबाट प्राप्त रकमले उनीहरुका अत्याबश्यक सामाग्री खरिद गर्ने समस्या टर्ने बिश्वास लिएका छौ ’रकम संकलन कार्यक्रमका अभियन्ता एवं गैरआवाशिय नेपाली संघ पर्वतका विश्व संयोजक पुरन गिरीले एकपटकको आग्रहलाई स्वीकारेर बिदेशमा बस्ने धेरै नेपालीहरुले सहयोग गरेको बताए । ‘यहा“का दृष्टीबिहिन बालबालिकाको अवस्था निकै दयनिय लाग्यो,’ गिरीले भने, ‘युके पुगेर यहा“को अवस्था जानकारी गराएको केहि समयमै यो रकम जुट्यो । आफ्नो गाउ“मा सहयोग गर्न पाउ“दा निकै प्रफुल्लित भएको छु ।’स्रोतकक्ष्ाँमा गुल्मी, तनहु“, बाग्लुङ, पर्वत लगायत बिभिन्न जिल्लाहरुका कक्षा ५ देखि १२ सम्म २२ जना बालबालिका अध्ययनरत छन् । उक्त स्रोतकक्षा शालिजा माबि शालिजामा सञ्चालन गर्न समस्या भएपछि एक बर्ष पहिले शिबालय माबिमा स्थानान्तरण गरिएको थियो ।

गैरआवाशिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नवनिर्वाचित उपाध्यक्ष कुल आचार्यले एनआरएन नेपालको सम्बृद्धीका विषयमा निकै चिन्तित रहेको बताए । उनले बिदेशिएका धेरै युवाहरुको बाल्यकालको शिक्षा कष्टकर भएको भन्दै अब पनि सोहि अवस्था नदोहोरियोस् भन्नका लागि शैक्ष्ँिक क्षेत्रमा सहयोग गर्न पाउ“दा खुशी लागेको बताए ।

पर्वतको कुश्मास्थीत शिवालय माविमा सञ्चालित स्रोतकक्ष्ाँका लागि पर्वत वेलफेयर सोसाइटी युकेद्वारा संकलित १० लाख रकम सहयोग कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन । उनले नेपालीहरु बाध्यताका कारण बिदेशिएका भए पनि आफ्नो मुलुकको समृद्धीका लागि सधैं चिन्तित रहेको बताए । ‘हामी रहरले नभइ बाध्यताले बिदेशिएका हौं,’ आचार्यले भने ‘नेपाली हुनुको पहिचान जनाउनका लागि पनि आफू जन्मेको ठाउ“मा सहयोग गर्न पाउ“दा खुशी लाग्छ ।’ एनआरएनका नवनिर्वाचित पदाधिकारीहरुको पहिलो बैठकले ‘उज्यालो नेपाल’ अभियान सञ्चालनको निर्णय गरेको आचार्यले बताए । मुलुकभर एक करोड एलइडी बल्ब निःशुल्क बितरण गर्ने सर्वसम्मत निर्णय भएको भन्दै उनले त्यसबाट वर्षमा ३०० मेगावाट विद्युत बचत हुने दाबी गरे । एनआरएनले नेपालमा समृद्धी ल्याउनका लागि इन्भेष्टमेण्ट कम्पनी सञ्चालनमा ल्याएको उनले बताए । हाल त्यो कम्पनीले जलविद्युत र बैङ्किङ क्षेत्रमा लगानी गरिरहेको र आगामी दिनमा अरु रोजगारमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने तयारी भएको उनले बताए ।

कार्यक्रममा बोल्दै कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले गैह्र आवासिय नेपालीले मुलुकको सम्बृद्धिका लागि लगानी भित्र्याउन आवश्यक भएको बताए । त्यसका लागि स्थानिय तह र नेपाल सरकारले सबैखाले सहयोग गर्न तयार रहेको पनि उनको भनाई थियो । कार्यक्रममा गैह्र आवासिय नेपाली संघ पर्वतका बिश्व संयोजक पुरन गिरी, पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ्ग, नेपाली जनसम्पर्क समिति स्विडेनका अध्यक्ष अर्जुन श्रेष्ठ, बेल्जियमका निर्वतमान अध्यक्ष सुवास जोशी, एनआरएनए पोर्चुगलका निर्वतमान अध्यक्ष भिम केसी, समाजसेवी थमनसिंह गुरुङ्ग लगायतका बक्ताहरुले पनि आफ्ना धारणा राखेका थिए ।

  • prabhu-bank-sept26.gif