९ बर्ष देखि तलब विना अध्यापन गराउँदै शिक्षक इन्द्रबहादुर

२९ असोज, पर्वत । कृुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाकुरीका इन्द्रबहादुर क्षत्रीले पेन्सन लिएपछि निशुल्क पढाउँदै आएका छन । साढे ४१ बर्षसम्म विद्यालयमा अध्यापन गरेका क्षत्रीलाई पढाउने लतका कारण अहिले पनि दैनिक नजिकको विद्यालयमा पुगेर पढाउँदै आएका छन ।

‘सेवा अवधि पुगेपछि पेन्सन भयो तर पनि विद्यालयमा पुगेर विद्यार्थीलाई नपढाएर घर वस्नै सक्दिन’ क्षेत्रीले भने –‘शिक्षण पेशाबाट पेन्सन निस्केको ९ बर्ष भयो तलब नपाउने भएपनि अहिले पनि विद्यालयमा पुगेर पढाउँदै आाएको छु ।’

एसएलसी दिएपछि २०२५ फागुन १ गते देखि पढाउन शुरु गरेका क्षत्री ०६५ चैत्रमा पञ्चकोशी मावि आर्थरबाट पेन्सनमा निस्केका थिए । पेन्सनमा निस्केपछि घरमा बस्नै सकेनन उनी क्षेत्रीले खौलालाकुरी स्थित खौलालाकुरी माविमा विगत ९ बर्ष देखि विना पारिश्रमिक अध्यापन गराउँदै आएको खबर नागरिक दैनिकले छापेको छ ।

  • prabhu-bank-sept26.gif