महाशिलामा ‘एक घर एक रोजगार’

२६ असोज, पर्वत । युवाहरु विदेशीने दर बढ्दै गएपछि यहाँको एक गाउँपालिकाले एक घर एक रोजगार नीति अबलम्बन गरेको छ ।

जिल्लाका महाशिला गाउँपालिकाले चालु आर्थिक बर्षमा कृषि, सहकारी र पशुपालनको माध्यमबाट प्रत्येक घरमा कम्तिमा एक जनालाई रोजगारी दिने गरी अभियान सञ्चालन गरेको हो । गाउँपालिकाले दिएको जानकारी अनुसार चालु आर्थिक बर्षमा ९९ लाख ६५ हजार ७ सय रुपैया विनियोजना भएको छ ।

‘गाउँमा छरिएर रहेको महिला समूहको पुँजीलाई एकिकृत गछौं’ अध्यक्ष पौडेलले सुनाए–‘समूह मार्फत स्वः रोजगार बन्नेहरुका लागि गाउँपालिकाले विशेष सहयोग गर्नेछ ।’ सहकारी मार्फत हुने रोजगारीका प्रवद्र्धनमूलक कार्यक्रमहरुमा पनि गाउँपालिकाले सहयोग गर्ने गरी योजना बनाएको अध्यक्ष पौडेलले पर्वत न्यूज डटकमलाई जानकारी दिए ।

एकिकृत पुँजी नहुँदा त्यसबाट उत्पादनमूलक कार्यमा खर्च गर्न समस्या परेकाले पनि यस बर्ष देखि गाउँपालिकाले उत्पादनमूलक कार्यमा सामूहिक पुँजी खर्च गर्ने गरी तयारी गरेको अध्यक्ष पौडेलको भनाई छ ।

  • prabhu-bank-sept26.gif