धौलागिरीमै पहिलो पटक रेमिट्यान्स भित्र्याउने श्रेष्ठ एनआरएनए महासचिवको उम्मेदवार

२६ असोज, पर्वत/ गणेश पौडेल ।  हुण्डी लगायत अबैध रुपमा मात्र भित्रिने गरेको रेमिट्यान्सलाई निजी क्षेत्रबाट धौलागिरीमै पहिलो पटक बैधानिक तवरबाट भित्र्याउने पर्वतका अर्जुनकुमार श्रेष्ठले यहि असोज २८ देखि ३१ सम्म काठमाडौंमा सम्पन्न हुने आठौं अन्तराष्ट्रिय सम्मेलनमा एनआरएनए महासचिवको उम्मेदवारी दिने घोषण गरेका छन् ।

पर्वतको फलेवासमा जन्मिएर सदरमुकाम कुश्माबाट ब्यवसायिक यात्रा सुरु गरेका श्रेष्ठले एक दशकमा आँफुलाई एक सफल ब्यवसायिको रुपमा स्थापित गरेसंगै तात्कालिन द्वन्द्वबाट प्रभावित भई विदेश पलायन हुन बाद्य बनेका थिए ।

जिल्लामा ब्यवसाय संगै सामाजिक तथा संस्थागत हिसावले नेतृत्वदायी भुमिकामा रहेका श्रेष्ठले अत्यन्त विषम परिस्थितिमा समेत कालिगण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामक सहकारीको स्थापना गरि जिल्लाका ब्यवसायीलाई सहकारीको माद्यमबाट एकताबद्ध गर्न सफल भएका थिए । हरेक भुमिकामा सफल श्रेष्ठ जिल्लामा अन्तराष्ट्रिय संस्था लायन्स क्लव होस या पर्वत जेसिजलाई स्थापना गर्न सकृय भएर लागेका थिए । उद्योगी व्यवसायीको छाता संस्था पर्वत उद्योग बाणिज्य संघका लगातार २ कार्यकाल सम्पन्न गरि महासचिवको भुमिका समेत सफलता पुर्वक सम्पन्न गरेका श्रेष्ठले २०५७ सालको अन्त्य सम्म अब्यवस्थित रहेको सदरमुकाम कुश्मा बजारलाई ब्यवस्थित बनाउन निजीक्षेत्रको सहयोगमा ढलनिकास तथा सहरी मार्ग पिच गर्ने जस्तो महत्वपुण कार्यको सुरुवात गरेका थिए ।

पर्वत जिल्ला भर्खरै विकाशको गतिमा बामे सर्दै गर्दा यूगल फार्मेसी नामक फर्म बाट ब्यवसाय आरम्भ गरेका अर्जुनकुमार श्रेष्ठले पर्वत ,म्यग्दी, बाग्लुङ तथा मुस्ताङ जिल्लामा अत्यन्तै अब्यवस्थित हिसावले हुदै आएको औषधिजन्य बस्तुको कारोबारलाई ब्यवस्थित बनाउने कार्यमा समेत सफलता हाँसिल गरेका थिए । त्यतिमात्रै होईन जिल्लामा भखैर खुलेका ग्रामिण सडकमा यातायात ब्यवसाय सञ्चालन गरेर ग्रामिण क्षेत्रका बासिन्दामाझ लोकप्रिय बनेका श्रेष्ठ तात्कालिन द्वन्द्वको समयमा प्रहरी प्रशासनसँग नजिक बनेको आरोपमा विद्रोही पक्षले गाडिमा आगजनी गर्ने तथा ज्यानै लिने सम्मको धम्कि आएपछि देश छाडन बाद्य बनेका थिए ।

  • prabhu-bank-sept26.gif