२ बर्ष भित्र महाशिलामा काठे पोल विस्तापीत हुने, चालु बर्ष ६ सय फलामे पोल आउँदै

२५ असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको महाशिला गाउँपालिकामा आगामी २ बर्ष भित्र सवै काठे पोल विस्तापीत हुने भएका छन । काठेपोलका कारण जोखिम बढदै गएपछि गाउँसभाले गाउँपालिकाका ६ वटै वडामा काठेपोल विस्तापीत गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलका अनुसार आगामी २ बर्ष भित्र काठे पोल विस्तापीत गर्ने गरी हालका लागि ५० लाख रुपैया विनियोजन भएको छ । काठेपोल ढल्दा जिल्लाका विभिन्न स्थानमा विद्युत सर्टका कारण सर्वसाधरणको ज्यानै जाने सम्मका घटनाहरु घटिरहेको बेला महाशिला गाउँपालिकाले काठेपोल विस्तापीतको योजना निर्माण गरेको हो ।

गाउँपालिका भित्र १ हजार २ सय पोल आवश्यक रहेको बताउँदै गाउँपालिका अध्यक्ष पौडेलले यो बर्ष ६ सय र आगामी बर्ष ६ सय फलामे पोल खरिद गरिने जानकारी दिए । यो बर्ष फलामे पो खरिदका लागि ५० लाख बराबरको रकमको टेण्डर आब्हान भईसकेको पौडेलको भनाई छ । फलामे पोलको ब्यवस्थापन गर्दा विद्युतको क्षेत्रमा ठूलो समस्या समाधान हुने उनले विश्वास ब्यक्त गरे ।

योसंगै महाशिला गाउँपालिकालाई झिलिमिली बनाउनका लागि हालका लागि कम्तिमा ५० वटा सोलार वस्ती जडान गर्ने गरी गाउँपालिकाले योजना गरेको पौडेले पर्वत न्यूज डटकमलाई जानकारी दिए । पौडेलका अनुसार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा महाशिलाका पर्यटकीय स्थल, बजार क्षेत्र र सार्वजनिक सडकहरुमा सोलार वत्तीको जडान गरिनेछ ।

  • prabhu-bank-sept26.gif