महाशिलाका सवै वडामा इन्टरसेवा, घटना दर्ता अव अनलाईन मार्फत

२४ असोज, पर्वत । जिल्लाको महाशिला गाउँपालिकाका सवै वडामा इन्टरसेवा विस्तार गरिएको छ । गाउँकार्यपालिकाको निर्णय अनुसार महाशिलाका सवै वडामा भौतिक पूर्वाधार सहितको इन्टरसेवा विस्तार गरिएको अध्यक्ष राजु प्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सवै वडामा प्रविधि युक्त वाइम्याक्स सहितको इन्टरसेवा जडान गरिएको छ । आधुनिक प्रविधिको मागलाई सहजता तुल्याउनका लागि गाउँपालिका ६ वटै वडामा कम्युटर सहितको इन्टरसेवा जडान गरिएको पौडेलले पर्वत न्यूज डटकमलाई जानकारी दिए । प्रति वडा १ लाख ५० हजारका दरले खर्च गरी सवै वडालाई प्रविधियुक्त बनाइएको छ ।

सवै वडामा घटना दर्ता समेत अनलाइन सप्टवयर मार्फत गर्ने गरी गाउँपालिकाले योजना बनाएको अध्यक्ष पौडेलले जानकारी दिए । गाउँ विकास समितिका कार्यालय रहेका पुराना वडा कार्यालयहरुमा भौतिक पूर्वाधारको समस्या रहँदा सेवा प्रवाहमा समेत समस्या परीरहेको बेला गाउँपालिकाले वडाका सवै कार्यालयलाई ब्यवस्थित बनाएको छ ।

‘कार्य सञ्चालनको पहिलो ऐना कार्यालय हो’ अध्यक्ष पौडेलले भने पहिलो चरणको कार्यालय ब्यवस्थापनका सकेका छौं । उनले गाउँपालिकाले पत्राचार गर्ने सवै विषय अव इमेल मार्फत वडा कार्यलयहरुमा उपलब्ध गराईने जानकारी गराए ।

  • prabhu-bank-sept26.gif