कृषिजन्य वस्तुको ढुवानीमा गाउँपालिकाको अनुदान

२४ असोज, पर्वत । गाउँपालिकामा उत्पादन भएको बस्तु बजारसम्म पुराउन यहाँको एक गाउँपालिकाले अनुदान दिने नीति ल्याएको छ । उत्पादीत कृषिजन्य वस्तु निकासीमा फलेवास नगरपालिकाले कर लगाउन लागेको बेला जिल्लाको दक्षिण क्षेत्रमा रहेको महाशिला गाउँपालिकाले भने कृषि जन्य उत्पादीत वस्तुको ढुवानीमा सहुलियत दिन लागेको हो ।

आजको नागरिक दैनिक अगाडि लेख्छ–‘उत्पादन भएको कृषि जन्य वस्तु बजारसम्म पुराउन कृषकलाई नोक्सान पर्ने र लागत समेत ननिस्कने अवस्थालाई ध्यानमा राखेर गाउँपालिकाले ढुवानीमा अनुदान दिने तयारी गरेको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । यातायातको हिसावबले जिल्लाको दुर्गम पर्ने महाशिलाभित्र किसानले उत्पादन गरेको कृषि जन्य वस्तु बजारसम्म पुराउन अव कृषकलाई गाहे नहुने गाउँपालिकाले जनाएको छ ।

  • prabhu-bank-sept26.gif